Trending
Prev Story
Next Story

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

Nagarik News •
November 13, 2026 • 08:45 AM
1
1 reads 0 reactions

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको सम्झना गराएको छ।

कलाकारका साथै उनीहरूका परिवार र बालबालिकाको सुरक्षाका लागि निजी अङ्गरक्षकको माग बढेको छ।

प्रहरीले पछिल्ला घटनालाई जेलमा रहेका भारतीय अपराधी लरेन्स बिश्नोईको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेको छ।

गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो भने अभिनेता तुषार कपुरसँग छ लाख अमेरिकी डलर फिरौती मागिएको थियो।

गोलीकाण्डमा संलग्न भएको आरोपमा सङ्गठित अपराध नियन्त्रण कानूनअन्तर्गत १३ जना पक्राउ परेका छन्।

अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार कलाकार र उनीहरूका परिवारले सुरक्षाका लागि अङ्गरक्षक राख्ने क्रम बढाएका छन्।

लेखक एस हुसेन जैदीले केही अवसरवादी अपराधीले चर्चित गिरोहको नाम प्रयोग गरी त्रास फैलाइरहेको बताए।

यसैबीच, अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका छन् भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ।

सन् १९९० को दशकमा आपराधिक गिरोहले चलचित्र निर्माण, कलाकार छनोट र वितरणमा प्रभाव जमाउन फिरौती तथा धम्की दिने गरेका थिए।

दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित अपराधी थिए। सन् १९९९ मा सङ्गठित अपराध नियन्त्रणका लागि प्रहरी कारबाही तीव्र भएपछि र चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढेपछि उनीहरूको प्रभाव घटेको थियो।

बिश्नोई गिरोहलाई अभिनेता सलमान खानविरुद्धका धम्कीसँग पनि जोडिएको छ। सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि खानलाई धम्की दिइएको थियो।

भारतीय अधिकारीहरूले गिरोहका सदस्यलाई खानको निवासबाहिर गोली चलाएको र सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दीकीको हत्यामा संलग्न भएको आरोप लगाएका छन्।

अपराध पत्रकार अहमद अलीले पछिल्ला धम्कीमध्ये केही बिश्नोईको नामबाट लाभ लिन खोज्ने व्यक्तिका प्राङ्ककल हुन सक्ने बताए।

सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गरेका चलचित्र निर्देशक राजीव रायले अहिलेका घटनाको उद्देश्य पहिलेको भन्दा फरक देखिएको बताए।

निर्माता बोनी कपुरले पछिल्लो हिंसा लामो समय नटिक्ने विश्वास व्यक्त गर्दै गोली प्रहारका घटनालाई भने बेवास्ता गर्न नहुने बताए।एएफपी

प्रकाशित: २७ कार्तिक २०८३ १४:३० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

मुम्बई । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक ग...

#सुरक्षा #बलिउड #कलाकार
Compare →
Ekantipur
7h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा #बलिउड #कलाकार
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा #त्रास
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2611