Trending
Prev Story
Next Story

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

Nagarik News •
November 13, 2026 • 08:32 AM
1
1 reads 0 reactions

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शुक्रबार त्येअङसी सिरिजङ्गासिंह थेबेको जन्मभूमि तेल्लोकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टीम तथा विजेताले पाउने पुरस्कार राशीसहित सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेलाका बारेमा औपचारिक जानकारी दिएको हो। तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार सिरिजङगा गोल्डकपमा आयोजकको एकसहित ८ टीम सहभागी हुने भएका छन्।

यस पटक आयोजकको प्रतिनिधित्व खेवाङ स्पोर्टिङ क्लबले गर्ने भएको छ। प्रतियोगितामा सैनिक युथ क्लब झापा, युनाइटेड खर्साङ फुटबल क्लब भारत, रेडहर्ष फुटबल क्लब इलाम, पाँचथर फुटबल क्लब पाँचथर, युनिक महादेव क्लब बेलवारी, मोरङ, मरिक फुटबल क्लब धरान र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम सहभागी हुने भएका छन्।

क्लबका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ५१ हजार ३२२ रुपैयाँ तथा द्वितीय हुनेले १ लाख ७५ हजार ३२२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। गोल्डकपका प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद ३ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका सचिव रञ्जित मावोले जानकारी दिए।

मावोका अनुसार विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट एक खेलाडीलाई नगद १० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान जनही नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। गोल्डकप तथा मेला सञ्चालनका क्रममा करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ। तेल्लोक स्पोर्टिङ क्लबका सहसचिव शशीहाङ थेबेका अनुसार गोल्डकप तथा मेला सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर मंसिर २९ गते समापन गर्न लागिएको हो।

यस पटक सरिजङ्गासिंह थेबेको ३ सय २२ औं जन्मजयन्ती पनि हो। आयोजकले सोही अनुसार पुरस्कार रकमको अन्तिम अंक ३ सय २२ राखेको आयोजक संस्थाले जनाएको छ। सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलमा परिचित रहेको छ। सिरिजङ्गासिंह थेबेलाई किराँत लिमबू लिपिका प्रचारक, प्रकाण्ड बिद्धान, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता, जातीय अस्थित्वका रक्षकको रुपमा लिने गरिन्छ।

सिरिजङ्गासिंह थेबेले पुर्‍याएको योगदानको सम्मान तथा संरक्षण गर्ने, थेबेको योगदानको प्रचार–प्रसार गरी सामाजिक जागरणमा नयाँ आयाम स्थापित गर्ने, धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने, खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र खेल कौशलको प्रवर्द्धनात्मक विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा सिरिजङ्गा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुपदास भट्टराई, त्येअङसी सिरिजङ्गासिंह थेबे स्मृति संस्थाका अध्यक्ष रुकमान थेबे, तेल्लोक स्पोर्टिङ क्लबका पदाधिकारी, सदस्य, सल्लाहकार तथा संरक्षकहरुको सहभागिता रहेको थियो। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भूमि वा सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेस्थित लिम्बू संग्राहलयमध्ये एकबाट खेल तालिका सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १४:१७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
8h ago
सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि, विजेताले ३ लाख ५१ हजार पाउने

सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि, विजेताले ३ लाख ५१ हजार पाउने

सिरिजङ्गा सिं थेवेको जन्मजयन्तीमा आयोजित मेलामा भारतको एकसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

#सिरिजङ्गा #मेला #गोल्डकप
Compare →
Hamro Patro News
1h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सहभागी
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#मेला
Compare →
Bizshala
1w ago
खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना...

#मेला
Compare →

Related Stories

Sports
Build #2611