Trending
Prev Story
Next Story

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

Nagarik News •
November 13, 2026 • 11:38 AM
1
1 reads 0 reactions

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयवासीमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ।

धान काटेर थन्क्याउने तयारीमा रहेका किसानलाई हात्तीले जुनसुकै बेला बाली नष्ट गरिदिने हो कि भन्ने चिन्ता छ।

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

“आज पनि खेताला खोजेर धान काट्ने र बिटा बाँधेर थन्क्याउने तयारीमा छौँ। भित्र्याउने बेला भएको धान हात्तीले कुन बेला आएर नष्ट गरिदिने हो भन्ने पिर छ,” श्रेष्ठले भनिन्, “हात्ती दैनिकजसो आउने भएकाले रातको समयमा पनि ढुक्कसँग बस्न सक्ने अवस्था छैन।”

आज बिहान बुद्धशान्ति गाउँपालिका–२ स्थित बिहानी टोलमा हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन्। बिहान ५ः१० बजे तीन तले सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ।

हात्तीको सम्भावित आक्रमण र क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले पनि सक्रियता बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख तथा डिभिजन वन कार्यालयका कर्मचारीले आज हात्तीको मुख्य प्रवेशद्वार मानिने मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाको स्थलगत अनुगमन गरेका छन्। उनीहरूले स्थानीयवासीसँग छलफल गरी हात्तीको आवागमन र सम्भावित क्षति रोकथामका उपायबारे जानकारी लिएका छन्।

सो क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले हात्तीको आवागमनलाई व्यवस्थित गर्दै मानव–हात्ती सहअस्तित्व कायम गर्नुपर्ने बताए। “हात्ती नियन्त्रणका विषयमा सरोकारवाला पक्षसँग पटक–पटक छलफल गर्दै आएका छौँ। अहिले स्थलगत अवस्थाको जानकारी लिन फिल्डमै आएका हौँ,” पोखरेलले भने, “मानव–हात्ती सहअस्तित्वका लागि उपयुक्त वातावरण बनाउनुपर्छ। हात्तीको आवागमनलाई व्यवस्थित गर्ने, बालीनाली र मानवीय क्षति न्यूनीकरण गर्ने तथा स्थानीयको व्यवहार परिवर्तन गर्ने विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक छ।”

उनले प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीबीच एकरूपता र समन्वय कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

हात्तीको बथानको आवागमन र जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले सुरक्षाका उपाय अपनाउन थालेका छन्। मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती प्रायः रातको समयमा हिँड्ने भएकाले स्थानीयको सुरक्षाका लागि वडा कार्यालयले सुरक्षा निकायलाई टर्चलाइट र साइरन उपलब्ध गराएको बताए।

हात्तीबाट हुने बालीनालीको क्षति न्यूनीकरण गर्न किसानले खेती प्रणालीमा समेत परिवर्तन गर्न थालेको उनले जानकारी दिए।

धान र मकैजस्ता हात्तीले क्षति पुर्‍याउन सक्ने बालीसँगै तोरी, सुपारीलगायत तुलनात्मक रूपमा हात्तीले कम रुचाउने बालीतर्फ किसान आकर्षित हुन थालेको उनको भनाइ छ।

हात्तीको प्राकृतिक करिडोर खुम्चिँदै जानु र वन क्षेत्र प्रभावित हुँदै जानुले मानव–हात्ती द्वन्द्वको समस्या बढाएको हो। मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि स्थानीयको आनीबानी र व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको छ। रासस

प्रकाशित: २७ कार्तिक २०८३ १७:२३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

झापा। भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा र...

#हात्ती #किसान #गाउँ
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#हात्ती #सुरक्षा
Compare →
Bizshala
15h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →
Ekantipur
2d ago
हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन

हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन

पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसारमा रहेका हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले अपुग रहेको निकुञ्जका अधिकारीले बताएका छन् ।

#हात्ती
Compare →

Related Stories

Business & Economy
Build #2611