Trending
Prev Story
Next Story

मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङमा अर्को फड्को, अब घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने

Bizshala •
November 17, 2026 • 05:34 AM
2
2 reads 0 reactions

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई कर्जा आवेदनको अवस्था र प्रगतिसम्बन्धी जानकारी घरमै बसेर प्राप्त गर्न...

मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङमा अर्को फड्को, अब घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई कर्जा आवेदनको अवस्था र प्रगतिसम्बन्धी जानकारी घरमै बसेर प्राप्त गर्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेको हो।

यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्यांकन प्रक्रिया कहाँ पुगेको छ र स्वीकृतिको अवस्था के छ भन्ने जानकारी लिन बैंकको शाखा धाइरहनुपर्ने छैन।

बैंकका अनुसार ग्राहकले आफूले पेस गरेको कर्जा आवेदनको पछिल्लो अवस्थादेखि स्वीकृति प्रक्रियासम्मका जानकारी जुनसुकै समय र स्थानबाट डिजिटल माध्यममार्फत प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र ‘Loan Application Tracking ID’ प्रयोग गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यसअघि कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले बैंकको शाखा कार्यालयमै उपस्थित हुनुपर्ने वा टेलिफोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवाले भने ग्राहकलाई आफैँ डिजिटल माध्यमबाट आवेदनको प्रगति अनुगमन गर्ने सुविधा दिएको छ।

बैंकले यसबाट ग्राहकको समय बचत हुनुका साथै कर्जा प्रक्रियामा पारदर्शिता बढ्ने, सूचनामा सहज पहुँच पुग्ने र बैंकप्रतिको विश्वास थप सुदृढ हुने अपेक्षा गरेको छ।

त्यसैगरी कर्जा आवेदन स्वीकृत भएपछि सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी गराउने व्यवस्था समेत गरिएको छ।

पछिल्ला केही वर्षदेखि प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारलाई रणनीतिक प्राथमिकतामा राख्दै आएको मुक्तिनाथ विकास बैंकले नयाँ सेवालाई आफ्नो डिजिटल रूपान्तरण अभियानको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

बैंकले ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास र आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, तथ्यांकमा आधारित, छिटो र ग्राहकमैत्री बनाउँदै लगेको जनाएको छ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप डिजिटल माध्यमबाट अधिकतम बैंकिङ सुविधा उपलब्ध गराउन बैंकले जोड दिँदै आएको छ।

नयाँ सेवाले ग्राहकलाई आवश्यक समयमा सही सूचना उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई थप बलियो बनाएको बैंकको भनाइ छ।

बैंकले आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउँदै नयाँ डिजिटल बैंकिङ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#विकास #राष्ट्र-बैंक
Compare →
Nagarik News
1h ago
विकास पुग्नुअघि कर्णालीमा पुग्यो लागुऔषध

विकास पुग्नुअघि कर्णालीमा पुग्यो लागुऔषध

कर्णालीका पहाड र खोचमा आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र सडकको पहुँच विस्तार हुन सकेको छैन्। तर, युवाको स्वास्थ्य, चेतना र भविष्यलाई खोक्रो बनाउने लागुऔषधको कारोबार भने भौगोलिक अवरोध छिचोल्दै गाउँबस्तीसम्म फैलिएको छ।

#विकास
Compare →
Ekantipur
15h ago
सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

उनले देश विकास र नीति निर्माणमा बहस हुनुपर्ने सिंहदरबारमा कर्मचारीलाई घण्टौँ थुनेर यातना दिइएको तथा संस्थागत विधि कमजोर पारिएको बताए ।

#विकास
Compare →
Onlinekhabar
16h ago
विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले …

#विकास
Compare →
Arthasansar
4d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आवेदन
Compare →

Related Stories

Business & Economy
Build #2612