Trending
Prev Story
Next Story

सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

Ekantipur •
November 16, 2026 • 02:32 PM
3
3 reads 0 reactions

उनले देश विकास र नीति निर्माणमा बहस हुनुपर्ने सिंहदरबारमा कर्मचारीलाई घण्टौँ थुनेर यातना दिइएको तथा संस्थागत विधि कमजोर पारिएको बताए ।

सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

उनले देश विकास र नीति निर्माणमा बहस हुनुपर्ने सिंहदरबारमा कर्मचारीलाई घण्टौँ थुनेर यातना दिइएको तथा संस्थागत विधि कमजोर पारिएको बताए ।

पाँचथर — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार देश विकास र नीति निर्माणको बहसभन्दा कर्मचारीलाई थुनेर यातना दिने थलो बन्न थालेको आरोप लगाएका छन् ।

स्वार्थ समूहको इसारामा कर्मचारी प्रशासनलाई चलाउन खोजिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

पाँचथर बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सोमबार सम्बोधन गर्दै आङ्देम्बेले भने, ‘सिंहदरबार यातनागृहजस्तो भइसक्यो । त्यहाँ देश विकास र नीति निर्माणका विषयमा बहस र चिन्तन हुँदैन, बरु कर्मचारीलाई घण्टौँ थुनेर यातना दिँदै स्वार्थ समूहको इसारामा चलाउन खोजिन्छ ।’

उनले सरकार नागरिकका मुद्दा र जनताका आवश्यकताप्रति गम्भीर नरहेको आरोप पनि लगाए । सरकार मुलुकका प्रमुख समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा न्यायालय र प्रहरी प्रशासनलाई समेत आफ्नो मुठ्ठीमा राख्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।

सरकार न पार्टीको अधीनमा रहेको न संसदीय दलका निर्णय नै मान्ने अवस्थामा पुगेको टिप्पणी गर्दै उनले राज्य सञ्चालनमा संस्थागत पद्धति र विधिको पालना हुनुपर्नेमा जोड दिए ।

आङ्देम्बेले पाँचथर बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । क्याम्पसको शैक्षिक तथा संस्थागत विकासका लागि राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

क्याम्पस सभामा शैक्षिक वर्ष २०८२/०८३ को स्नातक तहको अन्तिम सेमेस्टरमा उत्कृष्ट नतिजा हासिल गर्ने चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
22m ago
सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

३० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई …

#आङ्देम्बे
Compare →
Nagarik News
1h ago
विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

#विकास
Compare →
Hamro Patro News
2d ago
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी – धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ।

#विकास
Compare →
Bizshala
3d ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Politics & Governance
Build #2612