Trending
Prev Story
Next Story

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

Onlinekhabar •
November 16, 2026 • 02:31 PM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई …

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

३० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् ।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमूखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको भन्दै उनले राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए ।

‘यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ । तर, न्यायलयमाथि हस्तक्षेप बढायो, प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो । यो गलत छ,’ उनले भने, ‘अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ ।’

आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरे । यसैगरी, उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने उनको भनाइ छ ।

उच्च शिक्षाका लागि पहाडी जिल्लाबाट विद्यार्थी सहरतर्फ जाने क्रम बढ्दा गाउँ रित्तिँदै गएको भन्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनले औँल्याए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
29m ago
सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

उनले देश विकास र नीति निर्माणमा बहस हुनुपर्ने सिंहदरबारमा कर्मचारीलाई घण्टौँ थुनेर यातना दिइएको तथा संस्थागत विधि कमजोर पारिएको बताए ।

#आङ्देम्बे
Compare →

Related Stories

Politics & Governance
Build #2612