Trending
Prev Story
Next Story

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

Nagarik News •
November 13, 2026 • 06:21 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त प्रश्न गरेका हुन्। उनले हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

नेता आङ्देम्बे नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको उदासीनता कहिलेसम्म रहने भन्दै अब सडक सुरक्षामा ठोस सुधार आवश्यक रहेको औंल्याए। राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्ने उनको भनाइ छ।

'हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ। नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो,' उनले प्रश्न गर्दै भने, 'सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन? नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको यस्तो उदासीनता कहिलेसम्म? अब सडक सुरक्षामा ठोस सुधार आवश्यक छ। राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्छ।'

यस्तै, उनले आजदेखि सुरु भएको छठ पर्व मनाउँदै परिवारसँग खुसी साट्न घर फर्किरहेका यात्रुहरूको यात्रा बीच बाटोमै सदाका लागि टुंगिनु अत्यन्तै दुखद र पीडादायी घटना भएको बताए। मकवानपुरको चिसापानीगढीमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। पर्वको खुसी बोकेर घर हिँडेका नागरिकहरूको परिवारमा अहिले असह्य पीडा र शोक छाएको भन्दै उनले दु:ख व्यक्त गरे।

दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन र सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग उनले माग समेत गरेका छन्।

दुर्घटनामा परेको सवारी र सडकको अवस्था मात्र कधारण नभइ दुर्घटनामा कसको के कमजोरी रह्यो? क्षमताभन्दा बढी यात्रु राखिएको थियो कि थिएन? सवारीको प्राविधिक अवस्था कस्तो थियो? यात्रुको विवरण प्रहरी चेकपोस्टमा किन अद्यावधिक गरिएन? चेकपोस्टमा खटिएका प्रहरी र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी किन पूरा गरेनन्? भन्ने सबै प्रश्नको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको तर्क छ।

'यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाले ज्यान गुमाउँदा पनि सरकारले छानबिन समिति बनाएको थियो। तर त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। न दुर्घटनाको कारण सार्वजनिक भयो, न भविष्यमा यस्ता दुर्घटना रोक्न सरकारले के कदम चाल्यो भन्ने जानकारी दिइयो,' उनले लेखेका छन्।

साथै, दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ १२:०६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
10h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#जीवन
Compare →
Ekantipur
17h ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#जीवन
Compare →
Hamro Patro News
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच...

#जीवन
Compare →
Onlinekhabar
1d ago
प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्‍यो । १८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा. मनोजकुमार …

#सुरक्षा #जोडिए
Compare →

Related Stories

Politics & Governance
Build #2611