Trending
Prev Story
Next Story

प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

Onlinekhabar •
November 12, 2026 • 08:31 AM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्‍यो । १८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा. मनोजकुमार …

प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्‍यो ।

१८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा. मनोजकुमार केसीलाई ३४औं आईजीपी बनाउने निर्णय पनि सँगै गर्‍यो ।

अच्युतकृष्ण खरेल प्रकरणको ३० वर्षपछि प्रहरीमा फेरि त्यस्तै घटना दोहोर्‍याउँदै सरकारले हुँदै नभएको व्यवस्था सिर्जना गर्दै आईजीपीकै सरुवा गर्‍यो । यसलाई ३० वर्षपछि प्रहरीमा देखिएको राजनीतिक हस्तक्षेपको रूपमा सुरक्षा जानकारहरूले लिएका छन् ।

कार्कीको सरुवा गर्दै एआईजी केसीलाई आईजीपी बनाएसँगै नेपाल प्रहरीमा एक एआईजीको पद रिक्त भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत रहेका केसी आईजीपी बनेसँगै अहिले विभागको प्रमुख डीआईजी ओम राना छन् । अर्थात्, एआईजी प्रमुख हुने विभाग डीआईजीको भरमा चलेको छ । नेपाल प्रहरीमा अहिले एक एआईजी पद रिक्त भएको छ ।

त्यस्तै, अबको महिना दिनपछि ५ पुसमा थप ५ एआईजी प्रहरीमा खाली हुँदैछन् । ५ पुस २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका टोली ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्षको हुन्छ । सोही व्यवस्था अनुसार ५ एआईजी ५ पुसबाट अनिवार्य अवकाशमा जानेछन् ।

यसरी अवकाशमा जानेहरूमा प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सिद्धिविक्रम शाह, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख उमा चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौर, कार्य विभागका एआईजी हिमालयकुमार श्रेष्ठ र प्रशासन विभागका एआईजी डम्बर विक ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । नेपाल प्रहरीमा १ प्राविधिकसहित ९ एआईजीको दरबन्दी छ ।

तीमध्ये अहिले एक एआईजीको दरबन्दी खाली छ । ५ पुसमा ५ जना अवकाशमा गएपछि दुई एआईजी राजन अधिकारी र ईश्वर कार्की गरी दुई एआईजी मात्रै बाँकी रहन्छन् ।

जसअनुसार अहिले बढुवा गर्दा एक जना मात्रै एआईजी बढुवा गर्नुपर्ने हुन्छ । एक महिनापछि भने थप ५ एआईजीको दरबन्दी खाली हुने भएकाले एकैपटक ६ एआईजी बढुवा गर्ने सम्भावना रहेको छ ।

एआईजी बढुवाका लागि डीआईजीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, विश्व अधिकारीलगायत प्रतिस्पर्धामा छन् ।

उनीहरूभन्दा अघिल्लो ब्याचका डीआईजी गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट पनि प्रतिस्पर्धामा छन् ।

इन्स्पेक्टरको ११२औं ब्याचका खत्री, भट्टराई, अधिकारी, खनाल अहिले एआईजी बढुवा भएको अवस्थामा २०८४ चैत १७ पछि हुने आईजीपीको एउटा खाकासमेत देखिन्छ । हालका आईजीपी डा। केसी अहिलेकै अवस्थामा ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जानेछन् ।

जसका कारण उनीपछि को आईजीपी बन्ने भन्नेमा समेत अहिलेको एआईजी बढुवाले धेरै अर्थ राख्छ । त्यसैले पनि यो एआईजी बढुवालाई निकै चासोका साथ हेरिएको छ ।

त्यस्तै, ५ पुसमै ३० वर्षे सेवा अवधिका कारण तीन डीआईजी पनि अनिवार्य अवकाशमा जानेछन् । ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका डीआईजी ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ अवकाशमा जानेछन् ।

उनीहरूको ठाउँमा पनि डीआईजीको दरबन्दी खाली हुनेछ । ६ जना एआईजीमा बढुवा हुने र तीन जना डीआईजी अवकाशमा गएसँगै ५ पुसपछि ९ डीआईजीको दरबन्दी खाली हुन्छ ।

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...

#कार्की #सुरक्षा
Compare →
Nagarik News
3h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा #जोडिए
Compare →

Related Stories

National (Nepal)
Build #2611