Trending
Prev Story
Next Story

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

Nagarik News •
November 13, 2026 • 06:26 AM
1
1 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ।

उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।

यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०८३ १२:११ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या होइन : परराष्ट्रमन्त्री शिशिर खनाल

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या होइन : परराष्ट्रमन्त्री शिशिर खनाल

अन्ताल्या, टर्की । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन विश्वकै साझा चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउनुपर्ने बताएका छन्। टर्कीएको अन्ता...

#परराष्ट्रमन्त्री #खनाल #शिशिर
Compare →
Ekantipur
4d ago
जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालैको बाढीले पुर्‍याएको आर्थिक, भौतिक र मानवीय क्षतिले क्षेत्रीय तथा विश्वव्यापी एकता र सहकार्यको आवश्यकता थप उजागर गरेको शिशिर खनालको भनाइ छ ।

#परराष्ट्रमन्त्री #खनाल #शिशिर
Compare →
Onlinekhabar
2h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#परराष्ट्रमन्त्री #खनाल
Compare →
Bizshala
15h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →

Related Stories

Politics & Governance
Build #2611