Trending
Prev Story
Next Story

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

Ekantipur •
November 13, 2026 • 02:31 AM
1
1 reads 0 reactions

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

काठमाडौँ — बजारमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरूमा कसैले पनि आर्थिक वर्ष २०८२-८३ को नाफापछि लाभांश घोषणा गरेका छैनन् ।

लघुबाहेकका यी १३ जीवन बीमा कम्पनीमा कसले कति लाभांश दिनसक्ने क्षमता छ त ?

बीमा कम्पनीहरूले पत्रपत्रिकामा सार्वजनिक गर्ने आफ्नो वित्तीय विवरणमा स्पष्टसँग वितरण योग्य रकम उल्लेख गर्दैनन् ।

त्यसबाहेक यी कम्पनीहरूले जारी गर्ने बीमा लेखको दायित्व एकै वर्षमा नसकिने भएकोले एक्चुअरी (बीमांकीय मूल्यांकन) गरेपछि मात्रै बाड्न योग्य वास्तविक रकम निस्कन्छ ।

पहिले तीन तीन वर्षमा यस्तो एक्चुअरी मूल्यांकन गर्ने गरिएकोमा पछिल्ला केही वर्षदेखि हरेक वर्ष गर्ने व्यवस्था छ ।

जीवन बीमा कम्पनीहरूको एक्चुअरी मूल्यांकनपछि जीवन बीमा कोषमा रहेको रकमबाट बीमितलाई भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्व पूरा गरेपछि बाँकी रहने रकमलाई बचतका रूपमा गणना गरिन्छ ।

यस्तो बचतको बाँडफाँट नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थाअनुसार हुन्छ । यसरी बचतको कम्तीमा ९० प्रतिशत रकम बीमितको कोषमा बोनसका रूपमा छुट्याउनुपर्छ भने बाँकी बढीमा १० प्रतिशत रकम सेयरधनी कोषमा सार्न सकिन्छ । सबै बीमा लेखमा भने यस्तो व्यवस्था नहुन सक्छ ।

सेयरधनी कोषमा सारिएको रकमले कम्पनीको नाफा तथा लाभांश वितरण क्षमतामा योगदान गर्न सक्छ । तर त्यसरी रकम सारिँदैमा स्वतः लाभांश वितरण गर्न पाइने भने होइन त्यसका लागि प्रचलित कानुन र नियामकीय सर्त पूरा गर्नुपर्छ ।

पछिल्लो समय यी कम्पनीहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणमा भने यससम्बन्धी विस्तृत विवरण समावेश गर्न थालेका छन् ।

अधिकांश कम्पनीले वितरणयोग्य मुनाफासम्बन्धी विवरण पनि सार्वजनिक गरेका छन् । यस्ता विवरणका आधारमा कम्पनीहरूको लाभांश वितरण क्षमता अनुमान गर्न सकिन्छ।

१३ जीवन बीमा कम्पनीमध्ये सिटिजन्स लाइफबाहेक अन्य कम्पनीले वितरणयोग्य आम्दानीको विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ । कम्पनीअनुसार यस्तो क्षमता करिब ६.४ प्रतिशतदेखि ६८ प्रतिशतसम्म छ ।

यद्यपि, सञ्चित आम्दानी वा वितरणयोग्य मुनाफाका आधारमा देखिएको यो क्षमता नै कम्पनीले लाभांश घोषणा गर्छ भन्ने निश्चितता होइन ।

लाभांश वितरणका लागि कम्पनीको वास्तविक वित्तीय अवस्था, बीमाङ्कीय मूल्यांकन, पुँजीको पर्याप्तता र नेपाल बीमा प्राधिकरणले तोकेका सर्तसमेत पूरा हुनुपर्छ ।

सिटिजन्स लाइफको हकमा भने सञ्चित आम्दानीका आधारमा हेर्दा करिब ९ प्रतिशतभन्दा केही बढी लाभांश दिन सक्ने सम्भावना देखिन्छ ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा कात्तिक २२ गते लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षालाई ए...

#बीमा #जीवन
Compare →
Onlinekhabar
1w ago
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#बीमा #जीवन
Compare →
Bizshala
8h ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#जीवन #बीमा
Compare →
Arthasansar
12h ago
नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेसनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक...

#बीमा #जीवन
Compare →
Nagarik News
10h ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#जीवन
Compare →

Related Stories

Business & Economy
Build #2611