काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा कात्तिक २२ गते लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।
बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ ।
Read full story at source ( kendrabindu.com )