Trending
Prev Story
Next Story

पशुपन्छीको बीमा गर्दै किसान

Nagarik News •
November 09, 2026 • 01:46 AM
1
1 reads 0 reactions

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

पशुपन्छीको बीमा गर्दै किसान

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ।

कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छी तथा माछाको कुल सङ्ख्या दुई लाख ६१ हजार ११२ छ। बीमा गरिएका पशुधनको विवरणमा सबैभन्दा धेरै कुखुरा छन्। त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ।

ठकुरीका अनुसार गाई, भैँसी, घोडा–खच्चर, बाख्रा, बङ्गुर, कुखुरा र माछाको बीमित मूल्य जोड्दा रु ६८ करोड ९३ लाख ४२ हजार ४२८ पुगेको छ। यी पशुधनको बीमाका लागि कुल प्रिमियम शुल्क रु तीन करोड २२ लाख ९३ हजार ८९० रहेको छ भने किसानले व्यहोरेको रकम रु ६४ लाख ५० हजार ७७९ छ।

ठकुरीका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ। कुखुराको बीमित मूल्य रु १० करोड ४५ लाख ९० हजार ६८१ छ। यसका लागि रु ३० लाख पाँच हजार १३३ प्रिमियम शुल्क लागेकामा किसानले रु छ लाख एक हजार २७ व्यहोरेका छन्।

यस्तै ९८ हजार पाँच सय माछाको बीमा गरिएको छ। माछाको बीमित मूल्य रु २५ लाख २४ हजार रहेकामा रु ७५ हजार ७२० प्रिमियम शुल्कमध्ये किसानले रु १५ हजार १४४ व्यहोरेका छन्।

तनहुँमा चार हजार ९१ गाईको बीमा गरिएको छ। ती गाईको बीमित मूल्य ३० करोड ९६ लाख ५२ हजार रुपैयाँ छ। गाईको बीमाका लागि एक करोड ५६ लाख ६९ हजार ४९४ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा ३१ लाख ३३ हजार ८०० रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

यसैगरी, एक हजार ९७० भैँसीको बीमा गरिएको छ। भैँसीको बीमित मूल्य रु १५ करोड १७ लाख १४ हजार रहेको छ। त्यसका लागि रु ७५ लाख ४५ हजार ३९६ प्रिमियम शुल्क लागेकामा किसानले रु १५ लाख नौ हजार ७९ व्यहोरेका छन्।

जिल्लामा तीन हजार ४१२ बाख्राको बीमा गरिएको छ। बाख्राको बीमित मूल्य रु छ करोड ८३ लाख ७४ हजार ७४७  छ। बीमाका लागि रु ३४ लाख ४८ हजार ७०९ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा रु छ लाख ७८ हजार ७४२ छ।

त्यस्तै, ९८९ बङ्गुरको बीमा गरिएको छ। बङ्गुरको बीमित मूल्य रु पाँच करोड १८ लाख ८१ हजार रहेको कार्यालयले जनाएको छ। त्यसका लागि रु २५ लाख २९ हजार ४३८ प्रिमियम शुल्क लागेकामा किसानले रु पाँच लाख पाँच हजार ८८ व्यहोरेका छन्।

यसका अतिरिक्त जिल्लामा तीन घोडा–खच्चरको बीमा गरिएको छ। तिनको बीमित मूल्य छ लाख छ। घोडा–खच्चरको बीमाका लागि ३० हजार रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा रु छ हजार छ।

पशु बीमाले रोग, दुर्घटना तथा अन्य बीमालेखमा समेटिएका कारणबाट पशुधनमा क्षति हुँदा किसानलाई आर्थिक राहत उपलब्ध गराउने आधार तयार गर्ने ठकुरीको भनाइ छ।

विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनमा संलग्न किसानका लागि बीमा उपयोगी हुने गरेको उनले उल्लेख गरे।

प्रकाशित: २३ कार्तिक २०८३ ०७:३१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँ– तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अन...

#बीमा #पशु #पशुपन्छी
Compare →
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#किसान
Compare →
Ekantipur
6d ago
व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

#किसान
Compare →
Arthasansar
1w ago
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा...

#बीमा
Compare →

Related Stories

Business & Economy
Build #2611