Trending
Prev Story
Next Story

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

Onlinekhabar •
November 16, 2026 • 01:30 PM
3
3 reads 0 reactions

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले …

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् ।

छठ पर्वका लागि मधेश आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए ।

‘हामीले मधेशको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ’, सभामुख अर्यालले भने, ‘विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।’

कृषिसँग सम्बन्धित उद्योगधन्दा विकास गर्नसके रोजगारीका अवसर बढ्न सक्ने र यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए ।

मधेशमा यसपालि छठ पर्व मनाउन आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी हेलमेल र सहिष्णुताले मन प्रफुल्ल बनाएको सभामुख अर्यालको भनाइ छ । चाडवाडमा देखिएको यो सद्भाव विकासमा मुखरित गर्नसके हामीले चाहेको समृद्धि हात पर्ने उनले स्पष्ट गरे ।

‘राजनीतिमा स्वस्थ्य प्रतिस्पर्धा हुनपर्छ, राजनीति सुशासन र विकासप्रति समर्पित हुन आवश्यक छ’, सभामुख अर्यालले भने, ‘यस विषयमा आमजनताले आफ्ना प्रतिनिधिलाई घचघच्याइ रहनुपर्छ ।’

संसद्ले एक युगसम्म जनताले अपनत्व लिनसक्ने गरी कानुनको तर्जुमा र संविधान संशोधनका विषय पहिल्याउने र टुङ्ग्याउने काम गर्नपर्ने उनको धारणा छ ।

‘कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरुले ठीकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्,’ सभामुख अर्यालले भने, ‘राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनपर्छ ।’

वीरगञ्जमा छठ पर्व सकेर हुलाकी सडक हुँदै बर्दिवास आइपुगेका अर्याल यहाँको भेटघाट कार्यक्रमपछि काठमाडौं प्रस्थान गरे । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

#सभामुख #अर्याल #विकास
Compare →
Hamro Patro News
6d ago
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीब...

#सभामुख #अर्याल #साझा
Compare →
Ekantipur
1d ago
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

#सभामुख #अर्याल
Compare →
Bizshala
3d ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Arthasansar
4d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →

Related Stories

Politics & Governance
Build #2612