Trending
Prev Story
Next Story

तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

Onlinekhabar •
November 16, 2026 • 01:30 PM
3
3 reads 0 reactions

३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ । परिणामत: नेपाल–चीन व्यापारको …

तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ ।

परिणामत: नेपाल–चीन व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकामा परेको छ । लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेको छ । बजारमा मूल्यवृद्धिको दबाब परेको छ भने तातोपानी क्षेत्रका व्यवसायी र स्थानीयको रोजीरोटी समेत गुम्दै गएको छ ।

अरनिको राजमार्गमा पहिरो र बाढीको जोखिम देखाउँदै चीनले २०८३ भदौ १४ गतेदेखि तातोपानी नाका व्यापारिक प्रयोजनका लागि बन्द गरेको छ । दशैँलाई लक्षित गरी तीन दिन खुलाइए पनि त्यसपछि पुन: बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय ठप्पजस्तै बनेको छ । होटल, पसल, यातायात र मजदुरीमा निर्भर स्थानीयको रोजीरोटी संकटमा परेको छ ।

भोटेकोशी बाढीले रसुवागढी नाका पनि अवरुद्ध भएपछि नेपाल–चीन व्यापार थप प्रभावित बनेको छ । तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि व्यवसायीहरू सामान आयातका लागि मुस्ताङस्थित कोरला नाकातर्फ केन्द्रित हुन थालेका छन् । तर कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको छ ।

तातोपानी र रसुवागढी हुँदै प्रतिकन्टेनर करिब ६० हजार रुपैयाँमा काठमाडौं आइपुग्ने सामान कोरला नाका प्रयोग गर्दा ६ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको व्यवसायी बसन्त नेपालको भनाई छ ।

कोरला नाका प्रयोग गर्दा ल्हासाबाट करिब ९ सय किलोमिटर र लोमान्थाङबाट साढे चार सय किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले ढुवानी लागत बढेको हो । यसको प्रत्यक्ष असर आयातित वस्तुको मूल्यमा परेको छ । व्यवसायीको लागत बढेसँगै उपभोक्तासमेत महँगो मूल्य तिर्न बाध्य भएको व्यवसायी नानीराम तिवारीको अनुभव छ ।

व्यवसायीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग कूटनीतिक पहल तीव्र बनाउन माग गरेका छन् । उनीहरूका अनुसार नाका खुलाउने विषयमा संघीय सरकारको उच्चस्तरीय सक्रियता पर्याप्त देखिएको छैन । यद्यपि नाका सञ्चालनका विषयमा चीनसँग राजनीतिक तहमा संवाद भइरहेको छ ।

सिन्धुपाल्चोकका निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा. रूपक सापकोटाले चिनियाँ राजनीतिक नेतृत्वसँग भेटवार्ता गरी नाका पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् । चिनियाँ पक्षले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको र सकारात्मक धारणा व्यक्त गरेको निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटाको भनाइ छ ।

तर, नाका सञ्चालनको विषय व्यापारिक मागमा मात्रै सीमित छैन । भोटेकोशी बाढी, सम्भावित हिमताल विस्फोट र नाका नजिकैको पहिरोका कारण चीनले सीमा क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

नेपाल–चीन व्यापार सहज बनाउन कूटनीतिक संवादसँगै सुरक्षित सडक, भरपर्दो पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1h ago
तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

२०७२ सालको भूकम्पयता पटकपटक अवरुद्ध हुँदै आएको नाका गत १० भदौको भोटेकोशी बाढीपछि बन्द छ । चीनसँग कूटनीतिक पहल गरी नाका नियमित सञ्चालनको दीर्घकालीन व्यवस्था गर्न व्यापारी तथा जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

#नाका #तातोपानी #चीन
Compare →
Nagarik News
2d ago
उत्तरी नाका बन्द हुँदा सकस

उत्तरी नाका बन्द हुँदा सकस

तातोपानी र केरुङ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन कठिनाइ भएको छ।

#नाका #तातोपानी #चीन
Compare →
Hamro Patro News
3d ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी
Compare →

Related Stories

Sports
Build #2612