Trending
Prev Story
Next Story

तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली

Nagarik News •
November 16, 2026 • 12:58 PM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन् ।

तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन् ।

सोमबार तातोपानी नाका खुलाउने विषयमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नाका सञ्चालनका लागि चीनसँग साझा राष्ट्रिय अवधारणा बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले २०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानी नाका क्रमशः ओझेलमा पर्दै गएको उल्लेख गर्दै विगतका सरकारले नाकालाई पर्याप्त प्राथमिकता दिन नसकेको बताए ।

उनले भने,‘२०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानीको आवाज ओझेलमा पर्दै आयो । त्योभन्दा अगाडि तातोपानीको आवाज स्पष्ट र बलियो थियो । तर त्यसपछि बिस्तारै त्यसलाई उच्च बनाउने काम कम भयो । विगतका सरकारले कुनै न कुनै कारणले आफ्ना कुराहरू छोड्दै जाँदा हामी ओझेलमा पर्यौँ भन्ने हाम्रो विश्लेषण हो ।’

पराजुलीले चीनले आफ्नोतर्फ खासामा आधुनिक पूर्वाधार निर्माण गरिरहेको भन्दै चीनले तातोपानीलाई प्राथमिकता नदिएको भन्ने भाष्यलाई पुनर्विचार गर्नुपर्ने बताए । नेपालले पनि आफ्नोतर्फका संरचना व्यवस्थित बनाउन नसकेको अवस्थामा चीनलाई मात्रै दोष दिन नमिल्ने उनको भनाइ थियो ।

‘चिनियाँ सरकारले खासामा त्यत्रा संरचनाहरू बनाउँदै गरेको हामीले आँखाले देखेका छौँ । उसले त्यत्तिकै छोडेको छैन । हामीले चीनलाई विश्वास दिलाउन सक्यौँ, साझा अवधारणा बनाउन सक्यौँ र नाकालाई पछि पार्नुपर्ने कुनै कारण छैन भनेर कन्भिन्स गराउन सक्यौँ भने यो नाका पूर्ववत् रूपमा सञ्चालन हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

उनले तातोपानी नाका सञ्चालन हुँदा ढुवानी खर्च घट्ने र उपभोक्ताले सस्तो मूल्यमा सामान प्राप्त गर्न सक्ने बताए । अन्य नाकाबाट सामान ल्याउँदा लामो दूरी र बढी खर्च लाग्ने भएकाले तातोपानी नाका सञ्चालन आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले भने,‘यहाँबाट ११४ किलोमिटरको नाका छ, जहाँबाट सामान ल्याउन सकिन्छ । तर ५०० किलोमिटर टाढाबाट सामान ल्याउनुपर्ने अवस्था छ । एक कन्टेनर सामान ल्याउन ६ लाख रुपैयाँ तिर्ने कि ५० हजार रुपैयाँ तिर्ने ? यो पनि ठूलो कुरा हो । राज्यले मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन पनि यो बाटो सञ्चालन हुनुपर्छ ।’

पराजुलीले तातोपानी नाकाले अहिलेसम्म झन्डै चार खर्ब रुपैयाँ बराबरको योगदान गरेको उल्लेख गर्दै त्यस्तो महत्त्वपूर्ण नाकाको पूर्वाधार विकासमा पर्याप्त लगानी हुनुपर्ने बताए ।

‘यो नाकाले हामीलाई अहिलेसम्म झन्डै चार खर्बजति दिएको छ । त्यसलाई चार खर्ब दिने नाकालाई कम्तीमा पाँचदेखि सात अर्ब रुपैयाँ त दिनुहोस् न भनेर मैले पटक–पटक भनेको छु,’ उनले भने ।

उनले नाका सञ्चालनका लागि सडक, पुल, पहिरो नियन्त्रण, भन्सार र सुरक्षा निकायका संरचना व्यवस्थित बनाउनुपर्ने बताए । नाका खोल्ने विषयमा मात्रै छलफल गरेर नहुने भन्दै पहिले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘नाका खुल्छ, नाकाको कुरा नगर्नु, बाटो बनाउने पहिलो कुरा देखाऊ न । बाटो चाहिँ बनाऊ न । घर बनाउँदाखेरि कोठा कसले लिने भनेर पहिले झगडा गर्ने कि पहिला घर बनाउने ? त्यसैले नाका सञ्चालनको कुरा गर्नुभन्दा पहिले बाटो, पुल र आवश्यक पूर्वाधार निर्माणमा हाम्रो प्राथमिकता जानुपर्छ,’ उनले भने ।

पराजुलीले समयमै काम नगर्ने निर्माण व्यवसायीलाई हटाउनुपर्ने र काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । बाह्रबिसेदेखि धुलिखेलसम्मको सडक खण्डको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

उनले तातोपानी नाका खुलाउने विषयमा सञ्चारमाध्यमले राष्ट्रिय स्तरमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

प्रकाशित: ३० कार्तिक २०८३ १८:४३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

२०७२ सालको भूकम्पयता पटकपटक अवरुद्ध हुँदै आएको नाका गत १० भदौको भोटेकोशी बाढीपछि बन्द छ । चीनसँग कूटनीतिक पहल गरी नाका नियमित सञ्चालनको दीर्घकालीन व्यवस्था गर्न व्यापारी तथा जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

#नाका #तातोपानी
Compare →
Onlinekhabar
1h ago
तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो

३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ । परिणामत: नेपाल–चीन व्यापारको …

#नाका #तातोपानी
Compare →
Hamro Patro News
3d ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी
Compare →
Bizshala
3d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#पहल
Compare →

Related Stories

Politics & Governance
Build #2612