Trending
Prev Story
Next Story

चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही

Nagarik News •
November 16, 2026 • 12:49 PM
4
4 reads 0 reactions

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।

चुनावमा पार्टीलाई कमजोर बनाउनेलाई कसरी नेता मान्नु : राप्रपा नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले निर्वाचनमा पराजित हुने र पार्टीलाई कमजोर बनाउने नेतृत्वलाई प्रश्न नगरी नेता मानेर हिँडिरहँदा जनताको विश्वास प्राप्त गर्न नसकिने बताएका छन्।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।

उनले आफू कुनै गुट वा उपगुटमा नरहेको उल्लेख गर्दै आफ्नो एउटै गुट राप्रपा भएको बताए। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

एमाले, कांग्रेस तथा सत्तासँग अवसरअनुसार गठबन्धन गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले यस्तो राजनीतिक व्यवहारले जनतामाझ पार्टीको विश्वसनीयता कमजोर बनाउने बताए।

शाहीले आफू दुई पटक निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर विजयी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि एक्लै लड्न तयार रहेको बताए।

उनले राप्रपाको प्रदेश संरचना खारेजीको एजेन्डा भएकाले प्रदेशसभा निर्वाचनमा सहभागी हुने विषयमा पार्टीले स्पष्ट निर्णय गर्नुपर्ने बताए।

आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी २०८७ सालको निर्वाचनको तयारीका रूपमा लिनुपर्ने उनको भनाइ थियो। महाधिवेशनबाटै पार्टीको राजनीतिक दिशा, नेतृत्वको कार्यशैली र चुनावी रणनीति स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ३० कार्तिक २०८३ १८:३४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउ...

#नेतृत्व #कमजोर #बनाउने
Compare →
Onlinekhabar
5h ago
स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट …

#नेतृत्व #चुनाव
Compare →
Ekantipur
2d ago
अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् ।

#शाही
Compare →

Related Stories

Politics & Governance
Build #2612