सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी नाकालाई सिन्धुपाल्चोकको समृद्धि र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको साझा मुद्दाको रूपमा अघि बढाउनुपर्ने निष्कर्षसहित कार्यदल गठन गरेको हो। नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीको संयोजकत्वमा सीमावर्ती भोटेकोशी गाउँपालिका वडा नं. २ र ३ का वडाध्यहरु, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका महासचिव र ट्रक कन्टेनर व्यवसायी संघका महासचिव सदस्य रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको सिन्धुपाल्चोक क्षेत्र नं. १ का पूर्व सांसद् माधव सापकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )