Trending
Prev Story
Next Story

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

Arthasansar •
November 12, 2026 • 12:03 PM
1
1 reads 0 reactions

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १० गतेसम्म आवेदन दिन पाइने भएको छ । कम्पनीले तोकिएको समयमा माग बमोजिम आवेदन नपरेपछि आवेदन दिने अवधि लम्बिाएको थियो । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता सेयर बिक्री गर्नेछ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ। त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरेको छ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको थियो।

यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3d ago
हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावरले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ)मा...

#आवेदन #आईपीओ #हिम
Compare →
Hamro Patro News
12h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#हाइड्रोपावर
Compare →
Onlinekhabar
11h ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#मंसिर #गतेसम्म
Compare →

Related Stories

Business & Economy
Build #2611