Trending
Prev Story
Next Story

तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

Ekantipur •
November 17, 2026 • 05:32 AM
2
2 reads 0 reactions

यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

काठमाडौँ — सेयर बजारमा सूचीकृत तीन कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश दिने घोषणा गरेका छन् ।

सर्वोत्तम सिमेन्ट्स, नेपाल हाइड्रो डेभलपर र सानिमामाइ हाइड्रोपावरले लाभांश घोषणा गरेका हुन् ।

सर्वोत्तम सिमेन्ट्सको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यसले ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सर्वोत्तमले गत आर्थिक वर्षमा २० प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसले गत आर्थिक वर्षमा ९.४७ प्रतिशत लाभांश दिएको थियो ।

सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसले यसअघि २०८० ८१ मा १०.५२ प्रतिशत लाभांश दिएको थियो ।

यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
21m ago
सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल …

#लाभांश #घोषणा
Compare →
Arthasansar
47m ago
नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।...

#लाभांश #घोषणा
Compare →
Bizshala
3h ago
सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित आठौँ वार्षिक साधारणसभा...

#लाभांश #सर्वोत्तम
Compare →
Hamro Patro News
3d ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ । कार्तिक २७, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ ...

#लाभांश #घोषणा
Compare →
Nagarik News
17h ago
नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।

#घोषणा
Compare →

Related Stories

World News
Build #2612