Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

Onlinekhabar •
November 17, 2026 • 05:01 AM
3
3 reads 0 reactions 4 comments

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको …

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको हो ।

एसिया कप राइजिङ स्टार्सका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणबाटै बाहिरिएका चार टिमबाट १० र प्लेअफ पुगेका ४ टिमबाट ५ खेलाडी समावेश गर्दै टिम घोषणा गरेको थियो ।

प्लेअफ पुगेका टिमममध्ये लुम्बिनी लायन्सबाट सन्दिप जोरा र अभिशेष गौतम, सुदूरपश्चिम रोएल्सबाट इशन पाण्डे, काठमान्डु गोर्खाजबाट रासिद खान र चितवन राइनोजबाट देव खनाल टिममा समावेश छन् ।

तर यी टिमहरु एनपीएलको प्लेअफ खेल्ने टिमका खेलाडीहरु भने एनपीएलको खेल सकिएपछि मात्र कतार जाने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

मंगलबार कतार जाने टिममा घोषित टिमका १० खेलाडीका साथै केही वैकल्पिक खेलाडीहरु पनि गएको सचिव खड्काले जानकारी दिए ।

‘वैकल्पिक खेलाडीहरु समावेश गरेर टिम आज कतार गएको छ । बाँकी खेलाडीहरु एनपीएलको प्लेअफका खेलहरु खेलेर जानुहुनेछ ।’ खड्काले भने, ‘उहाँहरुले सुरुवाती खेल खेल्न ध्यानुहुन्न । त्यसै पहिलो खेलका लागि टिममा ब्याक खेलाडीहरु समावेश गरेर पठाएका छौँ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी ...

#क्रिकेट #एसिया #राइजिङ
Compare →
Ekantipur
13h ago
एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

एनपीएलको लयमा चियरलिडरको प्रस्तुति

चौका, छक्का, विकेट जाँदा, ड्रिंक्स ब्रेक र इनिङ्स ब्रेकमा चियरलिडरहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै क्रिकेटमा रोमाञ्च थपिरहेका छन् ।

#एनपीएल
Compare →
Nagarik News
1d ago
यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612