Trending
Prev Story
Next Story

राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

Onlinekhabar •
November 17, 2026 • 05:01 AM
5
5 reads 0 reactions

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् । सरकारले यस वर्ष भाटभटेनी …

राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् ।

सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पु¥याउनुका साथै रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरिएको हो ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो । ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सम्मानित

राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।

त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
34m ago
प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनी सुपरमार्केटलाई सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ ।

#सम्मान #भाटभटेनी #सम्मानित
Compare →
Bizshala
2h ago
आज राष्ट्रिय कर दिवस मनाइँदै

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

#काठमाडौं #दिवस
Compare →
Hamro Patro News
37m ago
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता...

#दिवस #करदाता
Compare →
Nagarik News
1h ago
राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#दिवस #करदाता
Compare →
Arthasansar
32m ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

#दिवस #सम्मानित
Compare →

Related Stories

Business & Economy
Build #2612