प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनी सुपरमार्केटलाई सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ ।
काठमाडौँ — सरकारले राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट प्रालिलाई सम्मान गरेको छ । २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने क्रममा भाटभटेनी पनि सम्मानित भएको हो ।
प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनीलाई 'एक्सेप्सनल बिजनेस रेजिलेन्स' सम्मान दिइएको हो । मुलुकको राजस्वमा निरन्तर उच्च योगदान दिने भाटभटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई सम्मान गरिएको हो ।
भदौ २०८२ को जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका विभिन्न शाखामा आगजनी गरी ध्वस्त बनाइएको थियो ।
निकायतर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।