Trending
Prev Story
Next Story

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

Ekantipur •
November 16, 2026 • 09:02 AM
4
4 reads 0 reactions

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

संखुवासभा — संखुवासभाको चिचिला गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा आगामी मंसिर ५ देखि ८ गतेसम्म ‘चिचिला महोत्सव’ आयोजना हुने भएको छ।

पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, जातजातिको मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

चिचिला गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न, कृषि उपज, पशुपन्छीजन्य सामग्री तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टल राखिने जनाएको छ ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शर्पाका अनुसार महोत्सवमा शेर्पा, राई, गुरुङलगायत विभिन्न जातजातिका मौलिक परिकार समेटिएको फुड फेस्टिभलसमेत सञ्चालन गरिनेछ।

महोत्सवको अर्को आकर्षणका रूपमा महिला तथा पुरुष खुला ट्रेल रेस प्रतियोगिता रहनेछ। करिब १२.५ किलोमिटर दूरीको प्रतियोगितामा दुवै विधातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिनेछ।

महोत्सवमा साहित्य, संगीत र सांस्कृतिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको छ। शेर्पाका अनुसार नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकारको सहभागितामा साहित्यिक प्रस्तुति रहनेछ। मत्स्यपोखरी क्षेत्र तथा चिचिला गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनीसमेत राखिनेछ।

आयोजक चिचिला गाउँपालिकाका अनुसार महोत्सवको खर्च व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने चिचिला गाउँपालिकाले १० लाख रुपैयाँ लागत साझेदारी गर्नेछ। यसका अतिरिक्त हेल्भेटास नेपालद्वारा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले टेन्ट, स्टेज तथा फोटो प्रदर्शनीका लागि आवश्यक सामग्री व्यवस्थापनमा सहयोग गर्नेछ।

चार दिनसम्म सञ्चालन हुने चिचिला महोत्सवले मत्स्यपोखरीलाई राष्ट्रिय स्तरमा चिनाउन, स्थानीय उत्पादनको बजार विस्तार गर्न र चिचिलाको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने उनले विश्वास व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

#आयोजना #मंसिर #देखि
Compare →
Hamro Patro News
7h ago
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीम...

#मंसिर #देखि
Compare →
Bizshala
1h ago
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

काठमाण्डौ । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान मंसिर ४ गते समाप्त हुने भएको छ।...

#मंसिर
Compare →
Onlinekhabar
4h ago
मंसिरमा पनि बैंकहरूको ब्याजदर घट्यो, मुद्दतीमा कुनले कति दिन्छन् ?

मंसिरमा पनि बैंकहरूको ब्याजदर घट्यो, मुद्दतीमा कुनले कति दिन्छन् ?

३० कात्तिक, काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई …

#मंसिर
Compare →
Arthasansar
2d ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#देखि
Compare →

Related Stories

Business & Economy
Build #2612