काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार दुवै समूहका लागि निष्कासन हुने सेयरको कुल रकम ८ करोड ९० लाख रुपैयाँ हुनेछ। कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )