Trending
Prev Story
Next Story

गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन

Nagarik News •
November 17, 2026 • 02:55 AM
3
3 reads 0 reactions

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै टिप्पणी गरेका छन्।

गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै टिप्पणी गरेका छन्।

बस्नेतले मधेशलाई राजनीतिक प्रचार, भाषण, आश्वासन, लोकप्रियताको प्रदर्शन गर्ने थलो नबनाउन आग्रह गर्दै मधेशलाई लोकप्रियताको प्रतिस्पर्धाले नभइ मधेशका ज्वलन्त मुद्दा सम्बोधन गरेर जित्न सकिने टिप्पणी गरेका हुन्।

बस्नेतले भने, ‘मधेशलाई राज्यले समान अधिकार र अवसर दिनुको सट्टा उपनिवेशजस्तो व्यवहार गरेको छ। जनसंख्या, भूगोल र आर्थिक योगदानका आधारमा मधेशले पाउनुपर्ने अधिकार, स्रोत र अवसरमा विभेद भइरहेको छ।’

चुनावका बेला मधेशलाई सम्झिने, भ्रमणका क्रममा ठूला कुरा गर्ने तर मधेशका वर्षौंदेखिका समस्या सम्बोधन गर्न नचाहने राजनीतिक प्रवृत्ति मधेशप्रतिको उपेक्षा र राजनीतिक अवसरवादको निरन्तरता भएको उनको भनाइ छ।

संघीय सरकारको नेतृत्व गर्ने कांग्रेस, कम्युनिष्ट र रास्वपाले प्रदेश सरकारलाई कमजोर बनाउने काम गरेको भन्दै भ्रमणको क्रममा मधेशप्रति सद्भाव देखाउँदैमा मधेशका अधिकार सुनिश्चित नहुने उनको दाबी छ।

उनले भने, मधेशलाई शासन गर्ने क्षेत्र मात्र नठान। राज्यको नीति निर्माण, निर्णय प्रक्रिया र शासन सञ्चालनमा समान अधिकार र हिस्सेदारी देऊ।’

प्रकाशित: १ मंसिर २०८३ ०८:४० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
16h ago
मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता

मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता

३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका लागि आवेदन खुला गरेको थियो । आवेदन दिने समयावधि अझै कायमै छ । तर पार्टीले तय …

#मधेश
Compare →
Ekantipur
1d ago
मधेशमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

मधेशमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

मंसिर महिना सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मौसममा आएको परिवर्तनले तराई–मधेशमा चिसोको प्रभाव देखिन थालेको हो।

#मधेश
Compare →
Hamro Patro News
1d ago
वीरगञ्जको घडीअर्वा छठघाटमा गगन थापाद्वारा उदाउँदो सूर्यलाई अर्घ अर्पण

वीरगञ्जको घडीअर्वा छठघाटमा गगन थापाद्वारा उदाउँदो सूर्यलाई अर्घ अर्पण

• नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वीरगञ्जको घडीअर्वा पोखरी छठघाटमा छठीमाईको पूजा–अर्चना गरेका छन्। • उनले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई आत्मसात गर्दै श्रद्धा प्रकट गरेका छन्। •…

#गगन-थापा #गगन
Compare →
Arthasansar
2d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612