रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकाे गर्ल्सतर्फ जित पाएका छन् ।
काठमाडौं — रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार जित हात पारेका छन् ।
रिब्सले द एक्सेल्सियर स्कुललाई २२-१५ ले पराजित गरेकाे छ । रिब्सको जितमा सुप्रिया मल्लले ९ स्काेर गरिन् । सन्ध्या माझीको १० स्काेरमा राराहिलले एलआरआईलाई २२-७ ले सहजै हरायो । रेडियन्टले ज्ञानोदय बालवाटिकामाथि २२–११ को जित निकाल्यो । रेडियन्टकी सेजल रोक्काले १० स्कोर गरिन् ।
सिनियर ब्वाइजमा एलआरआईले रेडियन्ट रिडर्सलाई ३०-२९, राराहिलले एनआईसी एकेडेमीलाई ३६-२० र पुष्पसदनले विस्डमलाई ४२-२१ ले हराए । एलआरआईका सुजल मडईंले २२, राराहिलका ओवेशले ११ र पुष्पसदनका मात्रिका बुढाथोकीले ९ स्काेर बटुले ।
जुनियर ब्वाइजमा रातो बंगलाले एलआरआईलाई २६-८ ले पन्छायो । रातो बंगलाका युभानले ६ स्कोर गरे ।