Trending
Prev Story
Next Story

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

Nagarik News •
November 18, 2026 • 11:27 AM
2
2 reads 0 reactions

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा ९७ रनको जित निकाल्दै भ्रमणकारी टोली इंल्यान्डले एक दिवसीय शृंखला कब्जा गरेको हो।

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

अस्ट्रेलियाविरुद्धको तीन खेलको एक दिवसीय शृंखला इंल्यान्डले २-१ ले जितेको छ।

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा ९७ रनको जित निकाल्दै भ्रमणकारी टोली इंल्यान्डले एक दिवसीय शृंखला कब्जा गरेको हो। पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा इंल्यान्डले १३५ रनले बाजी मारेको थियो।

इंल्यान्डले दिएको ३२९ रनको उच्च लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया ४६.५ ओभरमा २३१ रनमा समेटियो। कंगारु टोलीका लागि माट रेन्सोले सर्वाधिक ५५ रन बनाए।

अस्ट्रेलियालाई सस्तैमा समेट्न सोनी बाकरले ४ र लियाम डासनले ३ विकेट झारे।

यसअघि पहिला ब्याटिङ गरेको इंल्यान्ड पनि ४८.३ ओभरमा ३२८ रनमा अलआउट भएको थियो। उसका लागि बेन डुकेटले १३३, विल ज्याक्सले ५९ र टम बन्टनले ४४ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि मात्र ५.३ ओभर बलिङ गरेका ज्याक एडवार्डले ४ विकेट झारे। माट रेन्सहको नाममा ३ विकेट रह्यो।

अस्ट्रेलिया भ्रमणमा रहेको इंल्यान्डले अब ५ खेलको टी२० शृंखला खेल्नेछ।

प्रकाशित: २ मंसिर २०८३ १७:१२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी

झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि २७ रनको जित निकालेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ९...

#रनको #विजयी
Compare →

Related Stories

Sports
Build #2612