Trending
Prev Story
Next Story

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

Nagarik News •
November 17, 2026 • 01:00 PM
5
5 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो।

८ रनमै सुरुवाती तीन विकेट गुमाएर धराशायी बनेको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले सम्हालेका थिए। यी दुईले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०० रनको आँकडा कटाउन आधार तयार पारेका थिए।

कप्तान दीपेन्द्रले ४५ बलमा अर्धशतक पूरा गर्दै कुल ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। उनी १९.२ ओभरमा १०१ रनको कुल स्कोरमा किशोर महतोको बलमा डार्सी सर्टबाट क्याच आउट भए। ईशान पाण्डे ३३ बलमा ३ चौकासहित २७ रन बनाएर १४.१ ओभरमा ७२ रनको स्कोरमा रन आउट भए।

सुदूरपश्चिमका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। इनिङ्सको पहिलो बलमै डेब्युटेन्ट जर्ज मुन्सी शून्य रनमा बोल्ड भए भने अर्का डेब्युटेन्ट थानुका दबारे र विनोद भण्डारी पनि सस्तैमा पभेलियन फर्किए।

पावरप्लेको ६ ओभरमा सुदूरपश्चिमले मात्र २० रन जोड्दा ३ विकेट गुमाएको थियो।

मध्यक्रम र तल्लो क्रममा थरिन्दु रत्नायके १ रन र आरिफ शेख ४ रनमा आउट भए। इनिङ्सको अन्तिम बलमा ७ रन जोडेका स्कट कुगेलेइन रन आउट हुँदा अनिल खरेल २ रनमा अविजित रहे। सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएर ३१ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका बलरहरूले सुरुवातदेखि नै कसिलो प्रदर्शन गरे। रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए भने शेर मल्लले ४ ओभरमा २७ रन दिँदै २ विकेट झारे। अभिशेष गौतमले ४ ओभरमा केवल ११ रन खर्चेर १ विकेट तथा किशोर महतोले ४ ओभरमा १९ रन दिएर १ विकेट हात पारे। विकेटकिपर निरोशन डिकवेलाले २ क्याच र २ रन आउटमा भूमिका निभाए।

अब लुम्बिनी केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रनेछ। यो खेलको विजेता सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

प्रकाशित: १ मंसिर २०८३ १८:४५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएल : फाइनल पुग्न लुम्बिनीलाई सुदूरपश्चिमको कमजोर लक्ष्य

एनपीएल : फाइनल पुग्न लुम्बिनीलाई सुदूरपश्चिमको कमजोर लक्ष्य

काठमाडौँ- दीपेन्द्रसिंह ऐरीको संघर्षपूर्ण अर्धशतकबाट सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) लिग सिजन ३ अन्तर्गत क्वालिफायर १ मा लुम्बिनी लायन्सविरुद्ध १०६ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
2h ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
6h ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612