Trending
Prev Story
Next Story

कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

Nagarik News •
November 17, 2026 • 01:10 PM
5
5 reads 0 reactions

कसैले प्रयोजन गरेको आधारमा तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई अपहरण गरेको कांग्रेस नेता प्रकाशचरण महतले आरोप लगाए।

कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

देउवापक्षीय नेपाली कांग्रेस मोरङको मंगलबारदेखि विराटनगरमा सुरु भएको जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका छन्।

मोरङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश  केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्।

कसैले प्रयोजन गरेको आधारमा तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई अपहरण गरेको कांग्रेस नेता प्रकाशचरण महतले आरोप लगाए।

महतले भने,‘विशेष महाअधिवेशनको नाममा कसैले प्रयोजन गरेको भरमा कांग्रेसका तत्कालीन महामन्त्रीहरूले पार्टीलाई नै अपहरण गरे।’

कांग्रेसलाई कमजोर पार्न विशेष महाअधिवेशन गरिएको संघीय सांसदको निर्वाचन पछि स्पष्ट भइसकेको उनले बताए। महतले पार्टीलाई एक ढिका बनाउन आफूहरूले हर सम्भव प्रयास गरेको भए पनि गगन थापा र विश्वप्रकाश शर्माले नमानेको खुलासा गरे।

‘दुवै पक्षको महाअधिवेशन स्थगित गरी पार्टीलाई एक ढिका बनाउन आफूहरूले गरेको प्रस्ताव अस्वीकार गरेर जिल्ला र प्रदेशको महाअधिवेशनसमेत नगरी  हतार –हतार केन्द्रीय महाअधिवेशन गरेर पद हडप्ने प्रयास गरियो’,महतले भने।

जति धेरै हतार हतार गरेर पद पाउने प्रयास गरिएको भए पनि त्यो प्रयास सफल नहुने महतले बताए। उनले अदालतले कांग्रेसको आधिकारिकता नियमित महाअधिवेशनलाई नै दिएर आफूहरूलाई न्याय दिने विश्वाससमेत व्यक्त गरे।

यस्तै, कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति देउवालाई आन्दोलनको मौका पारेर मार्न मान्छे पठाउने व्यक्ती गगन थापा नै भएको आरोप लगाए।

उनले गगन थापाले अभिभावक मारेर सत्ता हत्याउन खोजेको आरोप पनि लगाए।

बस्नेतले गगन थापा माथि लागेको १८ करोडको आरोप टेलर मात्रै भएको बताउँदै पुरै फिल्म आउन बाँकी नै रहेको दाबी गरे। बस्नेतले भने,‘१८ करोड त टेलर मात्रै हो पुरै फिल्म आउन त अझै बाँकी नै छ।’

बस्नेतले गगन थापालाई प्रयोजकहरूले नै १८ करोडको हिलो छ्यापी सकेका कारण अब, ५२ करोड दिए पनि कांग्रेसको आधिकारिकता नपाउने दाबी गरे।

यस्तै, नेता कृष्ण सिटौलाले भदौ २४ गते आन्दोलनका नाममा गरिएको आगजनी जायज नभएजस्तै कांग्रेसको विशेष महाअधिवेशन पनि जायज नभएको बताए।

सिटौलाले हतार गरेर पार्टी कब्जा गर्न खोज्नेहरू दलदलमा फसिसकेको बताए। उनले संघीय निर्वाचनमा कांग्रेस हारको कारण विशेष महाअधिवेशन नै भएको बताए।

सिटौलाले डा शेखर कोइराला र पूर्णबहादुर खड्कालाई लक्षित गर्दै तटस्थ नबस्न आग्रह गरे। ‘तपाईँहरू तटस्थ नबस्नुस्’, सिटौलाले भने, ‘सक्रिय बन्नुहोस्।’

यता कार्यक्रमका प्रमुख अतिथि तथा नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले भने पार्टीका कुनै पनि नेताहरूका विषयमा कुनै टिका टिप्पणी गरेनन्।

संयोजक कोइरालाले कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे र केही घटनाहरू उल्लेख गरे। कोइरालाले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलता मिल्ने बताए।

प्रकाशित: १ मंसिर २०८३ १८:५५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ। नेपाली कांग्रेस देउवा पक्षीय नेता केदार कार्कीका अनुसार मंसिर १ गते विराटनगरमा जिल्ला अधिवेशन गर्न लागिएको हो...

#कांग्रेस #देउवा #पक्षीय
Compare →
Onlinekhabar
2h ago
‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बालेन शाह नेतृत्वको सरकारले तर्साएर शासन चलाउन खोजेको आरोप लगाएका छन् । उनको थप आरोप छ- यो सरकारले कांग्रेसलाई दुई टुक्रा बनाउन चाहेको छ । कांग्रेसको आन्तरिक विवादमा अहिलेको सरकारले …

#कांग्रेस #लगाए
Compare →
Ekantipur
1d ago
यी हुन् कांग्रेस देउवा पक्षबाट निर्वाचित ४३ जिल्लाका सभापति

यी हुन् कांग्रेस देउवा पक्षबाट निर्वाचित ४३ जिल्लाका सभापति

कोशीदेखि सुदूरपश्चिमसम्मका जिल्लामा नयाँ सभापति चयन भए पनि कर्णालीका डोल्पा र सुर्खेतमा अधिवेशन हुन बाँकी छ ।

#कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612