दक्षिण अफ्रिका भ्रमणका क्रममा भएको घटनाबारे पछिल्लो समय नयाँ दाबी सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले संलग्न खेलाडी तथा पदाधिकारीको बयान पुनः सुन्ने निर्णय गरेको हो ।
काठमाडौं — अस्ट्रेलिया क्रिकेटले सन् २०१८ को बल टेम्परिङ विवादबारे पुनः सुनुवाइ गर्ने भएको छ । दक्षिण अफ्रिका भ्रमणका क्रममा भएको घटनाबारे पछिल्लो समय नयाँ दाबी सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले संलग्न खेलाडी तथा पदाधिकारीको बयान पुनः सुन्ने निर्णय गरेको हो ।
अध्यक्ष डेभिड बुन र प्रमुख कार्यकारी टोड ग्रीनबर्गले स्वतन्त्र सुनुवाइ प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । सन् २०१८ को भ्रमण दलमा रहेका खेलाडी र कर्मचारीले गोप्य रूपमा आफ्नो धारणा राख्न पाउनेछन् । यो प्रक्रिया करिब एक महिना चल्नेछ । पूर्वक्रिकेटर उस्मान ख्वाजाको आत्मकथा सार्वजनिक भएपछि विवाद पुनः चर्चामा आएको हो ।
ख्वाजाले बल टेम्परिङमा खेलाडी र कर्मचारी सबैको संलग्नता रहेको दाबी गरेका छन् । उक्त घटनामा डेभिड वार्नर, स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्टले प्रतिबन्ध भोगेका थिए । यद्यपि, वर्तमान कप्तान प्याट कमिन्सले आफूलाई स्यान्डपेपर प्रयोगबारे कुनै जानकारी नभएको दाबी गरेका छन् । क्रिकेट अस्ट्रेलियाले नयाँ सुनुवाइबाट थप कारबाही नगर्ने स्पष्ट पारेको छ ।