Trending
Prev Story
Next Story

शुक्लाफाँटामा हात्तीलाई रेडियोकलर लगाउने काम फेरि सुरु

Ekantipur •
November 18, 2026 • 11:02 AM
3
3 reads 0 reactions

दुई वर्षदेखि धनजनको क्षति गर्दै आएको पुच्छरविहीन भाले हात्तीको खोजीमा वन्यजन्तु प्राविधिक फेरि खटिएका छन्।

शुक्लाफाँटामा हात्तीलाई रेडियोकलर लगाउने काम फेरि सुरु

दुई वर्षदेखि धनजनको क्षति गर्दै आएको पुच्छरविहीन भाले हात्तीको खोजीमा वन्यजन्तु प्राविधिक फेरि खटिएका छन्।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा धनजनको क्षति गर्दै आएको हात्तीलाई रेडियोकलर लगाउने काम फेरि सुरु भएको छ। तिहारका बेला रोकिएको हात्तीको खोजी पुनः थालिएको हो।

निकुञ्ज कार्यालयका अनुसार मंगलबारदेखि प्राविधिक टोली रेडियोकलर लगाउन हात्तीको खोजीमा खटिएको छ। ‘अपरेसन शुक्ला गजराज’ नाम दिइएको उक्त कार्यका लागि चितवन राष्ट्रिय निकुञ्जबाट आएका हात्तीलाई डार्ट गर्न अनुभवी पशु चिकित्सक डा. अमिर सडौलासहित अन्य वन्यजन्तु प्राविधिक खटिएका छन्।

‘तिहारका बेला झिलिमिलीले डिस्टर्ब पनि भयो, बिदा पनि भयो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘बस्तीमा झिलिमिली र पटाकाको आवाजले हात्ती बस्तीनजिकै देखिएन।’ उनका अनुसार तिहारअघि एक सातासम्म निरन्तर पछ्याएका कारण हात्ती उग्रसमेत बनेको थियो।

तिहारलगत्तै प्राविधिक टोली फेरि हात्तीको खोजीमा जुटेको छ। हात्तीलाई डार्ट गरेर बेहोस बनाएपछि रेडियोकलर लगाइनेछ। त्यसबाट हात्तीको विचरणबारे जानकारी प्राप्त हुनेछ। सोहीअनुसार बस्तीमा सूचना दिनुका साथै प्राविधिक टोली परिचालन गरेर हात्तीलाई पुनः निकुञ्जतिरै फर्काउन सहज हुने अपेक्षा गरिएको छ।

पुच्छर नभएको भाले हात्तीले दुई वर्षदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धनजनको क्षति गर्दै आएको छ। गत वर्ष निकुञ्ज किनारको भीमदत्त नगरपालिका–१४, स्याउलेमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। उक्त घटनामा पनि यही हात्तीको संलग्नता रहेको प्राविधिकहरू बताउँछन्।

‘दिनमा जंगलमा खोजी गर्ने र रातिको समयमा बस्तीमा पस्ने भएकाले बस्तीनजिकै तयारी अवस्थामा रहने गरेका छौं,’ निकुञ्जका रेन्जर प्रयास केसीले भने, ‘जंगलका झाडीमा लुक्ने गरेका कारण डार्ट गर्न समस्या भइरहेको छ। बस्तीमा पसेका बेला सजिलो हुने अनुमान गरेका छौं।’ उनका अनुसार प्राविधिकहरू दिन र राति दुवै समयमा हात्तीको खोजीमा लागेका छन्।

कात्तिक तेस्रो सातादेखि रेडियोकलर लगाउन प्राविधिकहरूले उक्त हात्तीको खोजी गरिरहेका छन्। तर, अझै रेडियोकलर लगाउन सफलता मिलेको छैन। तिहारअघि एक पटक बस्तीनजिकै निकुञ्जभित्रको जंगलमा हात्ती देखिए पनि झाडीभित्र रहेकाले डार्ट गर्न नसकिएको रेन्जर केसीले बताए।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
9h ago
सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब …

#हात्ती
Compare →
Nagarik News
10h ago
लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनी लायन्सका लागि सुदूरपश्चिम रोयल्स फेरि सहज प्रतिद्वन्द्वी बन्यो।

#फेरि
Compare →
Bizshala
2d ago
इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

काठमाण्डौ । इरानसँगको युद्ध फेरि व्यापक बन्न सक्ने आशंका बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा अभूतपूर्व सैन्य शक्ति...

#फेरि
Compare →
Hamro Patro News
2d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुक...

#हात्ती
Compare →
Arthasansar
5d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#फेरि
Compare →

Related Stories

World News
Build #2612