Trending
Prev Story
Next Story

सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

Ekantipur •
November 18, 2026 • 11:02 AM
3
3 reads 0 reactions

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका हुन् ।

सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका हुन् ।

काठमाडौँ — सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख अर्यालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।

नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तहरूबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने सभामुखको भनाइ थियो । जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको सभामुखले भनेका थिए ।

सभामुख अर्यालले विपद्का समयमा चीन सरकार तथा चिनियाँ मैत्री संस्थाहरूले नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भेटमा चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताएको सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ । वानमिङले दुई देशका स्थानीय तह, सहर तथा समुदायबीच भगिनी सम्बन्ध र आपसी आदानप्रदानका कार्यक्रम विस्तार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन चिनियाँ पक्ष इच्छुक रहेको वानमिङले बताएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घ...

#सभामुख #भेट #अर्याल
Compare →
Nagarik News
20h ago
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

#सभामुख #अर्याल
Compare →
Onlinekhabar
1d ago
विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले …

#सभामुख #अर्याल
Compare →
Bizshala
42m ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#चिनियाँ
Compare →

Related Stories

Politics & Governance
Build #2612