नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।
आजदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। उनले राष्ट्रिय भेलाले पार्टीको एकता, संगठनात्मक सुदृढीकरण र शुद्धीकरणलाई अघि बढाउँदै आन्दोलन र निर्वाचनको तयारीलाई नयाँ गति दिने जिकिर गरे।
'जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एकताबद्ध, सुदृढ र प्रतिरोधी एमाले निर्माण गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने संकल्पका साथ अघि बढ्नेछ,' उनले भने।
प्रकाशित: २ मंसिर २०८३ १३:३८ बुधबार