Trending
Prev Story
Next Story

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

Ekantipur •
November 18, 2026 • 07:32 AM
2
2 reads 0 reactions

एमालेको राष्ट्रिय भेलामा ओली आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

एमालेको राष्ट्रिय भेलामा ओली आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, 'आईजीले भनेको सुन्छु । म केपी ओलीलाई थुन्दिन्छु । प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ?'

तर, ओलीले यस्ताे भनाइ कुन आइजीले, कहिले भनेका हुन् भन्ने चाहिँ खुलाएनन्।

ओलीले सिपाहीले आफूहरूमाथि मजाक गरेको भन्दै आक्रोशसमेत पोखे। 'निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । छ महिना जागिर खाने एउटा सिपाहीले हामीमाथि मजाक गर्ने ? जो आयो थुन्दिन्छु भन्छन्, प्रमाण भेटिए उनी पनि थुनिन्छन् ! सबै थुनिए को रहन्छन् ?'

त्यस्तै, ओलीले संविधानको रक्षाका लागि जनता उठ्नुपर्ने जिकिरसमेत गरे। राष्ट्रिय भेलामा उनले भने, 'जनता उठ्नुपर्ने अवस्था आएको छ । जुनजुन शक्तिहरू र आम नेपाली जनता राष्ट्रियताको पक्षमा छ । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको पक्षमा छ । संविधान मिच्ने काम भएको छ ।'

राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर एमालेले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा समेत ओलीको जोड छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
24m ago
ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्

ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् । बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने …

#प्रचण्ड #शेरबहादुर-देउवा #ओली
Compare →
Hamro Patro News
4h ago
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेक...

#एमा #ओली
Compare →
Nagarik News
6h ago
एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

काठमाडौंको बबर महलस्थित कार्की व्यांकेटमा विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएको छ। भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।

#एमा #ओली
Compare →

Related Stories

World News
Build #2612