Trending
Prev Story
Next Story

पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले

Nagarik News •
November 18, 2026 • 04:36 AM
3
3 reads 0 reactions

आधुनिक राजनीतिमा संगठनको आन्तरिक एकता जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण पार्टीका विचार र कामहरूको सही सम्प्रेषण पनि हुन्छ।

पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले

नेपालको समकालीन राजनीतिमा संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा, पार्टीको आन्तरिक एकता र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले यही २०८३ मंसिर २ र ३ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागको समन्वय र व्यवस्थापनमा हुन लागेको यस भेलामा देशभरका झन्डै ३५ सय कार्यकारी नेतृत्वमा रहेका पार्टी नेता कार्यकर्ताहरूको सहभागिता सूची सार्वजनिक भइसकेको छ।

पार्टीले आयोजना गर्ने यो राष्ट्रिय भेला कुनै औपचारिक निर्णय गर्ने थलो नभएर भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयको जगमा बसेर सिंगो पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने अवसरको थलोका रूपमा बुझ्नुपर्छ। दलहरूका लागि यस्ता बृहत् भेला केवल औपचारिक जमघट मात्र नभई पार्टीको आगामी कार्यदिशा तय गर्ने, तल्लो तहसम्म नेतृत्वको सन्देश प्रवाह गर्ने र कार्यकर्ताहरूको मनोबल उच्च राख्ने महत्त्वपूर्ण मञ्च मानिन्छन्।

पार्टीले तय गरेका भेलाका प्रमुख कार्यसूचीहरूलाई हेर्दा पार्टीले संविधान र व्यवस्थाको रक्षा, आन्तरिक व्यवस्थापन र पार्टी जीवनको पुनर्ताजकी, संसदीय भूमिकाको प्रभावकारिता र आगामी स्थानीय निर्वाचनको पूर्वतयारीलाई मुख्य प्राथमिकतामा राखेको छ।

पछिल्लो केन्द्रीय कमिटी बैठकका निर्णय र १५ बुँदे कार्ययोजना

भेलाको पहिलो र मुख्य कार्यसूचीमा पछिल्लो केन्द्रीय कमिटीको बैठकले पारित गरेका ‘दुई प्रमुख कार्यभार र गर्नै पर्ने १५ काम’माथि विस्तृत छलफल र अभिमुखीकरण गर्ने कार्यक्रम तय गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दलको केन्द्रीय कमिटीले पारित गरेका नीति तथा कार्यक्रम तब मात्र सार्थक हुन्छन्, जब तिनलाई तल्लो तहका कार्यकारी कमिटीले व्यवहारमा उतार्छन्। ३५ सयको संख्यामा रहेका कार्यकारी तहका नेता तथा कार्यकर्तालाई एउटै थलोमा राखेर केन्द्रीय निर्णयहरूको मर्म बुझाउनुको मुख्य उद्देश्य पार्टीको नीतिगत स्पष्टतालाई वडा र टोल तहसम्म पुर्‍याउनु हो। यसले नेतृत्व र कार्यकर्ताबिचको सम्बन्धलाई सन्निकटमा राखेर निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने अपेक्षा पार्टी पंक्तिले  गरेको छ।

एकताबद्ध पार्टी र सकारात्मक सम्प्रेषणको आवश्यकता

आधुनिक राजनीतिमा संगठनको आन्तरिक एकता जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण पार्टीका विचार र कामहरूको सही सम्प्रेषण पनि हुन्छ। भेलाको अर्को महत्त्वपूर्ण उधेश्यका रूपमा ‘एकताबद्ध पार्टी र सकारात्मक सम्प्रेषण’लाई राखिएको छ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गर्दै वैचारिक र भावनात्मक एकता कायम राख्नु जुनसुकै ठुला दलका लागि चुनौतीपूर्ण विषय रहँदै आएको छ। गुटबन्दी वा आन्तरिक असमझदारीले संगठनको ऊर्जा क्षय गर्ने भएकाले एकताबद्ध पार्टी निर्माणमा जोड दिनु स्वाभाविक मानिन्छ। यसका साथै, सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र आमसञ्चारमा भइरहेका भ्रमपूर्ण प्रचारहरूलाई चिर्दै पार्टीका नीति, सिद्धान्त र पार्टीको नेतृत्वमा भएका सकारात्मक पहलहरूलाई जनतासमक्ष तथ्यपरक रूपमा पुर्‍याउने रणनीतिमाथि भेलामा विशेष प्रस्तुति हुनेछ।

विकास निर्माण र विगतका कामको अभिलेखीकरण

दलहरूले जनताको विश्वास जित्नका लागि आफ्नो नेतृत्व वा पहलमा भएका विकास निर्माण तथा नीतिगत सुधारका कामहरूलाई प्रमाणसहित प्रस्तुत गर्नु आवश्यक हुन्छ। एमालेले यस भेलामा ‘एमालेको पहलमा भए गरेका कामहरूको विवरण संकलन तथा प्रस्तुति’लाई एक महत्त्वपूर्ण कार्यसूची बनाएको छ।

संघीय, प्रादेशिक तथा स्थानीय सरकारको नेतृत्व गर्दा वा सत्ताबाहिर रहँदा पार्टीको पहलमा सुरु भएका राष्ट्रिय स्वाधीनता र राष्ट्रियता, समृद्धि र विकास तथा भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, कानुनी सुधार र जनजीविकासँग जोडिएका कामहरूको व्यवस्थित अभिलेखीकरण गर्ने र यो भेलालाई प्रशिक्षित गर्ने योजना पार्टीले बनाएको छ। तथ्य र तथ्यांकसहित कामको विवरण संकलन गर्दा त्यसले पार्टी पंक्तिमा आत्मविश्वास जगाउनुका साथै आम मतदातामाझ वस्तुनिष्ठ बहस सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

संसदीय संघर्ष र प्रतिपक्षी वा सत्ता साझेदारको भूमिका

भेलाको कार्यसूचीमा ‘संसदीय संघर्ष र एमालेको भूमिका’ विषयलाई विशेष प्राथमिकतासाथ समावेश गरिएको छ। संसदीय व्यवस्थामा संसद् नै नीतिनिर्माण, जनसरोकारका विषय उठाउने र सरकारका कामकारबाहीको निगरानी गर्ने सर्वोच्च थलो हो।

एमालेले संसद्भित्र आफ्नो भूमिकालाई थप प्रभावकारी, रचनात्मक र परिणाममुखी बनाउने विषयमा कार्यकारी नेतृत्वलाई स्पष्ट दिशानिर्देश दिन खोजेको छ। संसद्मा राष्ट्रियता, जनजीविका, सुशासन र आर्थिक सुधारका मुद्दाहरूलाई कसरी सशक्त ढंगले उठाउने र जनपक्षीय कानुन निर्माणमा कसरी नेतृत्वदायी भूमिका खेल्ने भन्ने विषयमा भेलामा गहन समीक्षा हुनेछ।

संसदीय अभ्यासलाई केवल विरोध वा समर्थनमा सीमित नराखी जनताका वास्तविक समस्या समाधान गर्ने थलोका रूपमा विकास गर्नुपर्ने आवाज नागरिक तहबाट समेत उठ्दै आएको सन्दर्भमा यो विषय सान्दर्भिक मानिन्छ। सस्तो र आकांक्षी सपना बाँडेर, जनतालाई भुलभुलैयामा पारेर जनमत प्राप्त गरेको हालको सरकारले गरेका जनविरोधी, राष्ट्र विरोधी, थिति र विधि उलंघन गरेका र सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह साँधेका विषयलाई सूची तयार गरी कार्यकर्ता माझ पुर्‍याउने यो भेलाको लक्ष्य रहेको छ।

पार्टी जीवनको शुद्धीकरण र स्थानीय निर्वाचनको तयारी

भेलाको अर्को दुरगामी महत्त्वको विषय ‘पार्टी जीवनको शुद्धीकरण र स्थानीय निर्वाचनको तयारी’ रहेको छ। नेपाली राजनीतिमा दलका नेता तथा कार्यकर्ताहरूको आचरण, कार्यशैली र पारदर्शितामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ।

‘पार्टी जीवनको शुद्धीकरण’को विषयले पार्टी संगठनभित्र देखिन सक्ने अवसरवाद, भ्रष्ट आचरण, निष्क्रियता र जनविमुख कार्यशैलीलाई सुधार गर्ने संकल्प पार्टीको तल्लो कार्यकर्ता पंक्तिले खोजेको छ। पार्टीले आन्तरिक शुद्धीकरणलाई व्यावहारिक रूपमै लागु गर्न सक्यो भने यसले समग्र राजनीतिक संस्कृतिमै सकारात्मक प्रभाव पार्न सक्छ। तर, यस्ता अभियानहरू केवल नारामा मात्र सीमित नभई कठोर आत्मसमीक्षा र आचारसंहिताको पालनामा आधारित हुनुपर्ने हाम्रो पार्टीलाई सकारात्मक नजरले हेर्ने राजनीतिक पर्यवेक्षक तथा हाम्रो पार्टीका आम सुवेक्षकहरूको रहेको छ।

यसैगरी, लोकतन्त्रको आधारस्तम्भ मानिने स्थानीय तहको निर्वाचनको तयारीलाई अहिलेदेखि नै अजेन्डा बनाउनुले पार्टीको दीर्घकालीन चुनावी रणनीतिको झल्को दिन्छ। स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने निकाय भएकाले त्यहाँको नेतृत्वमा योग्य, इमानदार र लोकप्रिय उम्मेदवार छनोट गर्ने, स्थानीय विकासका मोडलहरू तयार पार्ने र संगठनलाई बुथ तहसम्म परिचालन गर्ने आधार यही भेलाबाट तयार पार्ने लक्ष्य राखिएको छ।

समग्रमा २०८३ मंसिर २ र ३ गते आयोजना हुन लागेको नेकपा (एमाले) को राष्ट्रिय भेला पार्टीको आन्तरिक जीवनलाई गतिशील बनाउने, विगतका कामको समीक्षा गर्ने र भविष्यका राजनीतिक चुनौतीहरूको सामना गर्न संगठनलाई तयार पार्ने एक बृहत् अभ्यास हो। ३५ सय कार्यकारी भूमिकामा रहेका नेता कार्यकर्ताहरूको प्रत्यक्ष सहभागिताले पार्टीको तल्लो तहसम्म ऊर्जा सञ्चार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, यस्ता भेलाहरूको वास्तविक सफलता त्यहाँ पारित हुने प्रस्ताव र दस्ताबेजहरूमा भन्दा पनि भेलापछि नेता तथा कार्यकर्ताहरूले जनताको बिचमा गएर देखाउने व्यवहार, कार्यशैली र प्रतिबद्धताको कार्यान्वयनमा निर्भर रहनेछ।

- ढुंगेल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।

प्रकाशित: २ मंसिर २०८३ १०:२१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
स्थानीय निर्वाचनको तयारी र संगठन परिचालन एमालेको राष्ट्रिय भेलाको मुख्य एजेन्डा

स्थानीय निर्वाचनको तयारी र संगठन परिचालन एमालेको राष्ट्रिय भेलाको मुख्य एजेन्डा

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले...

#भेला #निर्वाचन #तयारी
Compare →
Onlinekhabar
19h ago
एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज …

#भेला #निर्वाचन #तयारी
Compare →
Ekantipur
2d ago
एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

#भेला #निर्वाचन #एमा
Compare →
Bizshala
1d ago
स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

काठमाण्डौ । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान...

#निर्वाचन #तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2612