Trending
Prev Story
Next Story

एमालेको राष्ट्रिय भेला- दिल्लीबाट ईश्वर पोखरेलको ६ बुँदे ब्रिफिङ

Hamro Patro News •
November 18, 2026 • 03:02 AM
2
2 reads 0 reactions

आज र भोलि नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आयोजना हुँदैछ । सर्वप्रथम भेला सफलताको कामना गर्दै म पार्टीभित्र बृहत् एकता र समयसापेक्ष पुनर्गठनको अपिल गर्दछु । कार्यक्रममा उपस्थित सम्पूर्ण न...

1 / 2
Swipe Photos

आज र भोलि नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आयोजना हुँदैछ । सर्वप्रथम भेला सफलताको कामना गर्दै म पार्टीभित्र बृहत् एकता र समयसापेक्ष पुनर्गठनको अपिल गर्दछु । कार्यक्रममा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता तथा अन्य सम्पूर्ण सहभागीहरूलाई हार्दिक स्वागत छ । खासगरी एमालेको वरिष्ठ नेताका रूपमा पार्टीको औपचारिक कार्यक्रममा हुन लागेको विशेष उपस्थितिका लागि सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष स्वागत गर्न चाहन्छु र यो उपस्थितिले सशक्त रूपमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु । कार्यक्रममा उपस्थितिका लागि मेरो व्यक्तिगत असमर्थताबारे सहभागी साथीहरूले बुझिदिनुहुनेछ । कार्यक्रमलाई सफल बनाउन सबैको सकारात्मक योगदान रहने कुरामा विश्वास व्यक्त गर्दछु। भिन्न मतकै आधारमा ‘कित्ताकाट’ नगरी सामूहिक नेतृत्व प्रणालीको रक्षा गर्न र पार्टीलाई ‘अपडेटेड’ बनाउन म सम्पूर्ण एमाले पङ्क्तिसँग आग्रह गर्दछु । भेलाका सन्दर्भमा यहाँ मेरा केही सुझाव राखेको छु ।

१. पार्टीले ‘विशेष निर्णय’ गरी तोकिएका तह र तप्काका नेता-कार्यकर्ताहरूको सहभागितामा यो भेलाको हुँदैछ। अहिले आयोजना हुँदै गरेको यो कार्यक्रमले आफ्ना घोषित उद्देश्य र योजनाअनुसार उपलब्धि प्राप्त गर्न सकोस् र पार्टीले त्यसको संस्थागत रूपमा मूल्याङ्कन वा समीक्षा गरोस् ! अहिले यति भनौँ- यो कार्यक्रमले नेकपा (एमाले) लाई एकताबद्ध बनाओस् र थप गति प्रदान गर्ने महत्त्वपूर्ण अध्याय बन्न सकोस् । सबैबाट यसका लागि योगदान हुन सकोस्, शुभकामना !

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् । गत २१ फागुनको निर्वाचनमा शर्मनाक …

#भेला #कार्यकर्ता #एमा
Compare →
Nagarik News
4d ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#भेला #कार्यकर्ता #एमा
Compare →
Bizshala
4d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #कार्यकर्ता #एमा
Compare →
Ekantipur
1d ago
एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612