Trending
Prev Story
Next Story

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

Onlinekhabar •
November 18, 2026 • 01:31 AM
2
2 reads 0 reactions

चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् । गत २१ फागुनको निर्वाचनमा शर्मनाक …

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् ।

गत २१ फागुनको निर्वाचनमा शर्मनाक पराजय बेहोरेको एमालेले स्थानीय तहका नेताहरू र सबै तहका जनप्रतिनिधिहरू समेत यो भेलामा बोलाएको छ । यो भेलाको औचित्य र उद्देश्यबारे पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकाल सँग अनलाइनखबर ले गरेको कुराकानी :

भेलाको अघिल्लो दिन स्थायी कमिटी बैठक बस्नुभयो । निर्णय के–के गर्नुभयो ?

राष्ट्रिय भेलामा सहभागीहरूको बारेमा छलफल गरेर टुंगो लगायौं । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन साथीहरूका सुझावहरू प्राप्त भए । मूलतः राष्ट्रिय भेलासँग सम्बन्धित थियो । केन्द्रीय कमिटीको बैठक पनि बस्ने कुरो छ । त्यसको बारेमा पनि थोरै छलफल गर्यौं ।

राष्ट्रिय भेलाको कार्यसूची के छ ? कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

बाहिरबाट आउने साथीहरूको चापलाई ध्यान दिएर कार्यक्रम सुरु गर्छौं । हाम्रो कार्यक्रम दुई सेसनमा हुन्छ । उद्घटन सत्रको अब प्रमुख वक्ता पार्टी अध्यक्ष हुनु हुनेछ । त्यसपछि राष्ट्रिय भेलाको नियमित कार्यक्रममा जान्छौं । नियमित कार्यक्रममा पाँचजना नेताहरूले विषयहरू प्रस्तुत गर्नुहुनेछ । पार्टी अध्यक्ष कमरेडले केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित भएर आएको दुई कार्यभार र १५ कामको बारेमा बताउने कार्यक्रम छ ।

त्यसपछि वरिष्ठ नेता तथा पूर्वराष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने विषयमा मन्तव्य राख्ने कार्यक्रम छ ।

संसदीय क्षेत्रको काम र संसदीय क्षेत्रको आन्दोलन बारेमा संसदीय दलका नेता पार्टी एवं उपाध्यक्ष रामबहादुर थापाले बताउने कार्यक्रम छ ।

एमालेले नेतृत्व गरेको र एमाले सरकारमा रहेको बेला राष्ट्र र जनताको पक्षमा भएका कामहरूको विषयलाई लिएर पार्टीका उपाध्यक्ष कमरेड विष्णु पौडेलले प्रस्तुति गर्नुहुनेछ भने पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय तहको निर्वाचनको कार्ययोजनाबारे महासचिवले विषय राख्नुहुनेछ ।

यी विषय हामी दुई दिनमा राख्ने छौं । सहभागी सबै साथीहरूबाट यसपटक लिखित सुझाव लिनेछौं । धेरै वक्ताहरू नराखी सुझावलाई लिखित रुपमा लिने र त्यो सुझावको आधारमा स्थानीय तहको निर्वाचनदेखि अरु विषयमा पनि आधारपत्र तयार पार्नेछ ।

स्थानीय तहसम्मका नेताहरू बोलाएर भेला गर्दै हुनुहुन्छ । कस्तो सन्देश दिन खोज्दै हुनुहुन्छ ?

आम निर्वाचनमा पाएको असफलता र त्यसपछि अहिलेसम्मको स्थितिलाई मध्यनजर राखेर पार्टीलाई अझ हार्दिकतापूर्ण, कमरेडली भावनाका साथ एकताबद्ध बनाउने हो । स्थानीय तहको निर्वाचनमा पार्टीलाई बढी भन्दा बढी जिताउनेगरी एमाले पुरानो लहरमै फर्कियो भन्ने सन्देश दिने हो । विचार र दृष्टिकोणमा पार्टीलाई शिरदेखि तिरसम्म एउटै लयमा लैजान पनि भेलाले सहयोग गर्नेछ ।

यो राष्ट्रिय भेलामा पहिलो पटक पालिकाका पार्टीका अध्यक्ष र उपाध्यक्षहरुलाई सहभागी गराएका छौं । त्यसैले पार्टीको एकीकृत धारणा बनाउने अभियानमा पनि सहयोग पुग्छ । मुख्य कुरा मुर्झाएको एमालेलाई ब्युझाउने कार्यक्रमका निम्ति पनि राष्ट्रिय भेलाले योगदान पुर्‍याउँछ भन्ने विश्वास लिएका छौं ।

एमाले एकताबद्ध छ भन्ने सन्देश दिनु भेलाको उद्देश्य हो ?

एमाले एउटै लयमा छ, बुझाई दृष्टिकोणहरूमा विमति छैन र चुनौतीहरूको सामना गर्ने कुराका एकताबद्ध छ भन्ने कुरा यो भेलाबाट हामी स्थापित गर्छौं ।

चुनावपछि एमालेमा पुनर्गठन हुनुपर्छ भन्ने सन्देश सुनिएको थियो । यो भेलाले पुनर्गठनको समीक्षा होइन, एकताबद्ध रहेको सन्देश दिनुहुन्छ ?

गत निर्वाचनपछि हाम्रो पार्टी जीवनमा पनि धेरै खाले उतारचढावहरू आए । पार्टीलाई कसरी लैजाने भन्ने विषयमा नेताहरूले आफ्ना अभिव्यक्तिहरू सार्वजनिक पनि गर्नुभयो ।

अगुवा कार्यकर्ताहरूसँग राय परामर्श पनि लियौं । एमालेलाई अझ व्यवस्थित गरेर अगाडि लैजाने सन्दर्भमा बहस छलफल पनि गर्‍याैं । बहस छलफलपछि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत ढंगले पास गर्‍याैं ।

सर्वसम्मत ढंगले अध्यक्षको प्रतिवेदन पास गरिसकेपछि त्यो बैठकलाई हामीले ‘कट अफ बैठक’ पनि भन्यौं । अहिलेसम्म जे भनियो, बाहिर जे कुराहरू आए, त्यसलाई एउटा समयक्रममा राख्ने, तर अब पार्टीको संस्थागत निर्णयहरू मानेर जान सहमति गर्‍यौं ।

केन्द्रीय कमिटी बैठकपछि नेताहरूका अभिव्यक्ति पनि सन्तुलित छन् । पार्टीको पक्षमा छन् । यही सन्देश राष्ट्रिय भेला मार्फत आम कार्यकर्तासम्म पुर्‍याउन सक्दा एमालेलाई जागृत गर्न, चुनौतीहरूको सामना गर्न सकिन्छ भन्ने अर्थमा पनि भेलाको आयोजना गरिएको छ ।

पार्टीको संस्थागत निर्णय अनुमोदन गराउन पनि राष्ट्रिय भेला गरिएको हो भन्न सकिन्छ ?

पार्टीले गरेको संस्थागत निर्णयलाई आमकार्यकर्ताको माध्यमबाट जनतामा पुर्‍याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।

भेलामा जनप्रतिनिधि र पालिका तहका नेताहरू पनि बोलाउनु भएको छ । वडा र पालिकाको अधिवेशन पनि तोक्नु भएको छ । तपाईँहरुको निष्कर्ष तल्लो तहमा समस्या छ भन्ने हो ?

तल्लो तहमा समस्या भन्दा पनि कार्यकर्ताको म्यान्डेटका आधारमा वडा र पालिका कमिटीहरूलाई पुनः अनुमोदित गराउन चाहन्छौं । कार्यकर्ताको नयाँ म्यान्डेटका आधारमा बनेको कमिटीले स्थानीय तहको निर्वाचनलाई सहज ढंगले नेतृत्व गर्न सक्छ र त्यसले अहिलेका कतिपय असजिला/अप्ठ्यारा सामना गर्न सक्छ भन्ने विश्वास लिएका छौं।

पहिले अधिवेशनबाट आएका कतिपय मान्छेहरू थाकिसक्नुभयो होला । कतिपय पहिलेको भूमिकामा नहुनु पनि होला । कतिपयमा निराशा आएको होला । निराशालाई चिर्न नसक्ने मानिसहरू अधिवेशनकै माध्यमबाट किनारा लाग्नुहुन्छ । क्षमता भएका मानिसहरू आउनुहुन्छ भन्ने अर्थमा अधिवेशनहरूको कुरा गरेका हौं ।

दुई महिना अगाडि मात्रै तेस्रो केन्द्रीय कमिटी बैठक बस्नुभएको थियो । फेरि भेलाकै सन्दर्भ पारेर चौथौं केन्द्रीय कमिटी बैठक बोलाउनु भएको छ । निर्णय के गर्दै हुनुहुन्छ ?

कार्यकारी कमिटीको बैठक भएकाले सबै कुरो गर्न सक्ने अथोरिटी राखि नै हाल्छ । तर मूलतः यो केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय भेलामा जुन सुझाव प्राप्त गर्छौं, त्यो सुझावलाई ध्यानमा राख्दै स्थानीय तहको निर्वाचन र मुलुकमा उत्पन्न विषम परिस्थितिहरूबारे निर्णय गर्छ ।

अहिले सरकार संविधान भन्दा विपरीत ढंगले चलिरहेको छ । यसको बारेमा पनि एउटा एकीकृत दृष्टिकोण बनाउने र जनसमक्ष ती कुराहरू पुर्‍याउने काम हुन्छ । मूलत: स्थानीय तहको निर्वाचन र अहिलेको समसामयिक परिस्थितिबारे निर्णय लिन्छ ।

अन्त्यमा, भेला सकिँदै गर्दा एमालेमा के परिवर्तन आउँछ ?

आम निर्वाचनपछि जुन खालको शिथिलता आएको छ, एउटा निराशा छ । यी कुराहरूलाई चिर्न भेला एउटा ठूलो अवसर हो ।

यसअघि पार्टी विभाजन हुँदा पनि साढे ६ हजार जति प्रतिनिधि उपस्थित गराएर विधान महाधिवेशन गर्यौ । त्यसले एमाले यही रहेछ भन्ने एउटा विश्वास आर्जन गरेको थियो । अहिले पराजयपछि अलि निराश भएका साथीहरूलाई यो राष्ट्रिय भेलाबाट हामीले एउटा गति दिन (संजीवनी जस्तो भनौं) सहयोग पुर्‍याउँछ ।

देशभरका कार्यकर्ताहरू एकै ठाउँ बस्दा उत्साह सिर्जना गर्छ, र पार्टीको पक्षमा जनमत बनाउन, वकालत गर्न सहयोग पुर्‍याउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

काठमाडौंको बबर महलस्थित कार्की व्यांकेटमा विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएको छ। भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।

#भेला #काठमाडौं #एमा
Compare →
Hamro Patro News
18h ago
एमालेको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि काठमाडौंमा हुँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि काठमाडौंमा हुँदै

काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको संगठनात्मक अवस्था, वर्तमान राजनीतिक परिस्थिति र आगामी राजनीतिक रणनीतिबारे छलफल...

#भेला #काठमाडौं #कार्यकर्ता
Compare →
Ekantipur
17h ago
एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भोलिदेखि हुने राष्ट्रिय भेलाको तयारीका लागि प्रस्ताव तयार गर्नेछ ।

#भेला #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612