Trending
Prev Story
Next Story

एमालेको राष्ट्रिय कार्यकर्ता भेला चुनाव केन्द्रित हुने, पार्टी पुनर्संरचनाको एजेन्डा नसमेटिने

Nagarik News •
November 17, 2026 • 11:23 AM
1
1 reads 0 reactions

पार्टीभित्र नेतृत्व हस्तान्तरण र सांगठनिक रूपान्तरणको बहस चलिरहेका बेला हुन लागेको भेलामा भने पार्टी पुनर्संरचनाको विषयले प्रवेश नपाउने भएको छ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेला चुनाव केन्द्रित हुने, पार्टी पुनर्संरचनाको एजेन्डा नसमेटिने

नेकपा एमालेले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरण र सांगठनिक रूपान्तरणको बहस चलिरहेका बेला हुन लागेको भेलामा भने पार्टी पुनर्संरचनाको विषयले प्रवेश नपाउने भएको छ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको हो।

बैठकपछि जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले आगामी स्थानीय निर्वाचनमा पार्टी पंक्तिलाई कसरी परिचालन गर्ने भन्ने विषय भेलाको मुख्य प्राथमिकता रहने बताएका छन्।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा तथा आगामी दिनमा एमालेले अघि बढाउनुपर्ने कामहरू समेटिने बताइएको छ।

त्यस्तै, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यभारसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछिन्।

पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको विषयमा बहस भइरहेका बेला एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई भने तत्काल चुनावी तयारी र संगठन परिचालनमा केन्द्रित गर्न खोजेको देखिन्छ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ।

यसैबीच, मनोनित केन्द्रीय सदस्यहरू नरेन्द्र  भट्टराई, सीता अधिकरी र पोल्देन छोपाङ गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रकाशित: १ मंसिर २०८३ १७:०८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज …

#भेला #केन्द्रित #एमाले
Compare →
Hamro Patro News
3h ago
एमालेको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि काठमाडौंमा हुँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि काठमाडौंमा हुँदै

काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको संगठनात्मक अवस्था, वर्तमान राजनीतिक परिस्थिति र आगामी राजनीतिक रणनीतिबारे छलफल...

#भेला #कार्यकर्ता #एमाले
Compare →
Bizshala
4d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #कार्यकर्ता #एमाले
Compare →
Ekantipur
1d ago
एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

#भेला #एमाले #केन्द्रित
Compare →

Related Stories

Politics & Governance
Build #2612