Trending
Prev Story
Next Story

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

Onlinekhabar •
November 18, 2026 • 07:31 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् …

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे ।

‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ ओलीले भनेका छन्, ‘अरु कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’

उनले आफ्नो पार्टी पुन: सरकारमा जाने भन्दै कान खोलेर सुन्नका लागि पनि विपक्षीहरूलाई चुनौती दिए ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न छोड्दैन । झन् प्रष्ट ढंगले देख्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
देशी र विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली

देशी र विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई लक्षित गरी भइरहेको आलोचना र बहिष्कारको प्रयासले कुनै असर नपर्ने बताएका छन्। मङ्गलबार अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्द...

#केपी-ओली #काठमाडौं #नेकपा
Compare →
Nagarik News
7h ago
चुनावी रणनीतिमा एमाले: आजदेखि राष्ट्रिय भेला हुँदै

चुनावी रणनीतिमा एमाले: आजदेखि राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला बुधबारबाट काठमाडौं सुरु हुने भएको छ।

#काठमाडौं #नेकपा #एमा
Compare →
Ekantipur
20h ago
आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

#केपी-ओली #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612