Trending
Prev Story
Next Story

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

Ekantipur •
November 17, 2026 • 11:02 AM
3
3 reads 0 reactions

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्  ।

उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा बताए । आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउनसक्ने समेत उनले बताए ।

अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए । एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे ।

उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरे । उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको र यस्तो अवस्थामा एमाले वैचारिक रुपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी राजनीतिक आन्दोलन र निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। शनिबार एमाल...

#केपी-ओली #आन्दोलन #केपी
Compare →
Onlinekhabar
2h ago
ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले …

#केपी-ओली #आन्दोलन #ओली
Compare →
Nagarik News
2h ago
एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्।

#केपी-ओली #बनाएर #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612