Trending
Prev Story
Next Story

सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न एनआरएनएका पदाधिकारीलाई निर्देशन

Ekantipur •
November 17, 2026 • 11:02 AM
2
2 reads 0 reactions

संघमा केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो परेपछि संघका महासचिव चिरञ्जीवी खड्काले यस्तो निर्देशन दिएका हुन् ।

सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न एनआरएनएका पदाधिकारीलाई निर्देशन

संघमा केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो परेपछि संघका महासचिव चिरञ्जीवी खड्काले यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई त्यस्तो जिम्मेवारी त्याग्न निर्देशन दिएको छ ।

संघका महासचिव चिरञ्जीवी खड्काले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यलाई परिपत्र जारी गर्दै सात दिनभित्र राजनीतिक संस्थाको पद वा सदस्यता त्याग्न भनेका हुन्। संघमा केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो परेको परिपत्रमा उल्लेख छ।

गत असोज १८ र १९ (४ र ५ अक्टोबर २०२६) मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औं बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकले संघको विधानअनुसार गैरराजनीतिक पहिचान कायम राख्ने निर्णय गरेको परिपत्रमा जनाइएको छ।

संघको विधान, २००३ (२०२६ को संशोधनसहित) ले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको छ। सोही व्यवस्थाअनुसार राजनीतिक उद्देश्य भएका संस्थामा पदाधिकारी वा कार्यकारी सदस्यको जिम्मेवारी नलिन परिपत्रमा भनिएको छ।

हाल त्यस्ता संस्थामा आबद्ध रहेका पदाधिकारी तथा सदस्यले परिपत्र प्राप्त गरेको सात दिनभित्र पद वा सदस्यता त्याग गरी त्यसको आधिकारिक प्रमाणसहित संघको सचिवालयमा लिखित जानकारी गराउनुपर्नेछ। तोकिएको अवधिमा प्रमाणसहित जानकारी नदिएमा वा उजुरीमाथिको छानबिनबाट विधानविपरीत काम गरेको पुष्टि भएमा विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने परिपत्रमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
बीमक संघका पदाधिकारी र सदस्यले प्राधिकरणका नवनियुक्त अध्यक्षलाई भेटेर दिए बधाई

बीमक संघका पदाधिकारी र सदस्यले प्राधिकरणका नवनियुक्त अध्यक्षलाई भेटेर दिए बधाई

काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । संघका पदाधिकारी तथा सदस्य तथा आवद्ध बीमा कम्पनीका प्रमुख कार्यकारी...

#संघ #पदाधिकारी
Compare →

Related Stories

World News
Build #2612