Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद: लन टेनिस र खोखो बर्दियामा हुने

Ekantipur •
November 17, 2026 • 11:02 AM
2
2 reads 0 reactions

दशौं राष्ट्रिय खेलकुद आयोजना गरिएको कर्णाली प्रदेशमा कोर्ट नभएकाले लन टेनिस र खोखो प्रतियोगिता बर्दियामा सञ्चालन गर्न लागिएको हो।

दशौं राष्ट्रिय खेलकुद: लन टेनिस र खोखो बर्दियामा हुने

दशौं राष्ट्रिय खेलकुद आयोजना गरिएको कर्णाली प्रदेशमा कोर्ट नभएकाले लन टेनिस र खोखो प्रतियोगिता बर्दियामा सञ्चालन गर्न लागिएको हो।

बर्दिया — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको सदरमुकाम गुलरिया–४ स्थित कबर्डहलको मैदानमा निर्माण गरिएको कोर्टमा लन टेनिस प्रतियोगिता मंसिर ८ देखि १४ गतेसम्म हुने भएको छ । दुईवटा कोर्टमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक तयारी भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका साथै तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) को एक टोली गरी ११ टिम सहभागी हुने लन टेनिस संघ, बर्दियाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभागीय टोलीसहित सातै प्रदेशका टिम सहभागी हुनेछन् ।

लन टेनिस संघ, बर्दियाका अध्यक्ष दीपककुमार शर्माले प्रत्येक प्रदेशबाट पाँच महिला र पाँच पुरुष खेलाडी सहभागी हुने जानकारी पाएको बताए । तर, केही प्रदेशमा महिला खेलाडी नभएको जानकारी आएको उनले बताए । ‘११ टिम सहभागी हुने अपेक्षा गरिए पनि संख्या थपघट हुन सक्छ,’ उनले भने ।

कोर्ट परिसरको सरसफाइदेखि दर्शक बस्ने व्यवस्थापनसम्मका काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिस भने लुम्बिनी प्रदेशको बर्दियामा हुन लागेको हो । कर्णालीमा लन टेनिस कोर्ट नभएकाले गुलरियामा प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताका लागि प्रशिक्षकसहित २ सय ५० जना आउने भएका छन् ।

दुईवटा कोर्टमा बिहान र राति लन टेनिस खेलाइनेछ । २०८१ सालमा निर्माण भएको उक्त कोर्ट बनाउन गुलरिया नगरपालिकाले १५ लाख रुपैयाँ र अन्य संघसंस्थाको सहयोगसमेत गरी २५ लाख रुपैयाँ खर्च भएको हो । यहाँ बालबालिकालाई लन टेनिसको निःशुल्क प्रशिक्षणसमेत दिँदै आइएको छ । ठाकुरबाबा नगरपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो खेल पनि हुने भएको छ । खोखो प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थ खड्काले बताए । मंसिर १९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित नौ टिम सहभागी हुने उनले जानकारी दिए।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । …

#दशौं #खेलकुद
Compare →
Hamro Patro News
1w ago
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली

दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली

सुर्खेत । दशौं राष्ट्रिय खेलकुदको उद्घाटन सुरु हुन २३ दिन मात्रै बाँकी रहँदा कर्णाली प्रदेश यसको भव्य स्वागतको तयारीमा जुटेको छ । प्रतियोगिताको सह–आयोजक तथा व्यवस्थापकसमेत रहेको कर्णाली प्रदेश सरका...

#दशौं #खेलकुद
Compare →
Nagarik News
1w ago
चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

दसैं–तिहारको रौनकसँगै जुम्लाका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन्।

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612