काठमाडौं। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको तथा पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको विषयलाई लिएर आन्दोलन घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )