Trending
Prev Story
Next Story

भ्याली पब्लिक बास्केटबल शुक्रबार सुरु हुने

Ekantipur •
November 19, 2026 • 05:02 PM
2
2 reads 0 reactions

प्रतियोगितामा ३ विधामा ७५ टिमको सहभागिता रहने छ ।

भ्याली पब्लिक बास्केटबल शुक्रबार सुरु हुने

प्रतियोगितामा ३ विधामा ७५ टिमको सहभागिता रहने छ ।

काठमाडौँ — भ्याली पब्लिक हाइस्कुलको आयोजनामा २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुनेछ ।

प्रतियोगितामा ३ विधामा ७५ टिमको सहभागिता रहने प्याब्सनका केन्द्रीय अध्यक्ष तथा भ्याली पब्लिकका संस्थापक प्राचार्य कृष्णप्रसाद अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइज र सिनियर गर्ल्समा समान २४–२४ तथा जुनियर ब्वाइजमा २७ टिमले भाग लिनेछन् । तीनै विधामा शीर्ष ३ स्थान हात पार्ने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारीले जानकारी गराइन् ।

इमर्जिङ टिम, ‘मोस्ट भ्यालुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’, सर्वाधिक स्कोरकर्ता, उत्कृष्ट रिबाउन्डर र उदीयमान खेलाडीलाई ट्रफीबाट पुरस्कृत गरिनेछ । महेश अधिकारीका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ३० हजार ५ सय ५० रुपैयाँ खर्च हुनेछ । लिगकम नकआउट आधारमा ११ मंसिरसम्म चल्ने प्रतियोगिताका खेल आयोजककै कोर्टमा खेलाइने छ ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612