Trending
Prev Story
Next Story

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

Ekantipur •
November 23, 2026 • 11:32 AM
4
4 reads 0 reactions

नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन्

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन्

काठमाडौँ — इजरायलमा सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन कठिनाइ भएपछि याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले अप्रत्याशित रूपमा गठबन्धन घोषणा गरी एक–दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने रणनीति बनाएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा–अर्थोडक्स, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा छन् ।

सम्भावित साझेदारलाई दलबदल गर्ने समय नदिई मतदान गराउने उनको योजना छ । केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरी उनी प्रधानमन्त्री बन्न सक्ने आकलन गरिएको छ ।

आइसेनकोटले लिकुडसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

तर, नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् । लिकुडले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ ।

डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा–अर्थोडक्स दल सहभागी सरकारको विरोध नगर्ने बताएका छन् ।

तर, नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यको एकता सरकारमा सहभागी नहुने उनको भनाइ छ । नेतान्याहुले भने देशको चुनौती सामना गर्न सबै पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताएका छन् ।

राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिएका थिए । १२० सदस्यीय नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक छ ।

निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट जितेका थिए ।

जोइन्टद लिस्ट र राम नामका दुई अरबबहुल दलले क्रमशः ११ र आठ सिट जितेका भए पनि आइसेनकोट समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
एक-दुई दिनमै प्रधानमन्त्री बन्ने दाउमा आइसेनकोट, यस्तो छ रणनीति

एक-दुई दिनमै प्रधानमन्त्री बन्ने दाउमा आइसेनकोट, यस्तो छ रणनीति

इजरायलमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कठिन भइरहेका बेला याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले नयाँ रणनीति अघि सारेका छन्।

#गठन #आइसेनकोट #रणनीति
Compare →
Onlinekhabar
1w ago
आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्‍याएका छन् । यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले …

#गठन #नेतान्याहु
Compare →
Hamro Patro News
21h ago
इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अ...

#नेतान्याहु #गठन
Compare →
Bizshala
3d ago
विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने...

#मतदान
Compare →

Related Stories

Politics & Governance
Build #2612