Trending
Prev Story
Next Story

अयोध्याबाट हिँडेको सरयू–कमला रेलको जनकपुरमा यसरी हुँदै छ स्वागत [तस्बिरहरू]

Ekantipur •
November 23, 2026 • 11:03 AM
5
5 reads 0 reactions

प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने तयारी छ भने हिँड्न सक्ने यात्रुलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिनेछ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ ।

अयोध्याबाट हिँडेको सरयू–कमला रेलको जनकपुरमा यसरी हुँदै छ स्वागत [तस्बिरहरू]

प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने तयारी छ भने हिँड्न सक्ने यात्रुलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिनेछ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ ।

भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस रेलको सोमबार औपचारिक रूपमा उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर उक्त रेल सञ्चालनको उद्घाटन गरेका छन् । रेल ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै रेललाई बिदाइ गरेका छन् । निर्धारित समयभन्दा केही ढिलो भएकाले रेल भोलि बिहान सम्भवतः ९ः३० बजेसम्म जनकपुरधामस्थित रेल्वे स्टेसनमा पुग्ने अनुमान छ ।

रेलमा ११०० जना विशिष्ट व्यक्ति, विभिन्न सरकारी तथा कूटनीतिक निकायका पदाधिकारी, साधुसन्त र महात्माहरू रहेको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार पहिलो पटक आउने रेल जनकपुरधाममा तीन घण्टा मात्र विश्राम गरी मंगलबार दिउँसो १ बजेसम्म फर्किनेछ ।

रेल नियमित रूपमा सञ्चालन नभएकाले यस पटक आउने यात्रुहरूलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुहरूको स्वागतदेखि मन्दिर घुमाउने र खाजा खुवाउनेसम्मको व्यवस्थापन गरिएको छ । स्वागत समारोहमा यात्रुहरूलाई स्वागत गर्न श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विशेष उपस्थिति रहनेछ । स्वागत समारोहका लागि रेल्वे स्टेसनमै पण्डाल, स्टेज र बस्ने व्यवस्था मिलाइएको पराजुलीले बताए ।

यात्रुहरूको स्वागतमा झाँकी, सांस्कृतिक नृत्यलगायतका कार्यक्रम रेल्वे स्टेसनमै हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए । उनका अनुसार जनकपुरधामको मिनाप संस्थालाई सांस्कृतिक नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रमको जिम्मेवारी दिइएको छ । यात्रुहरूको सुविधाका लागि रेल्वे स्टेसनदेखि जानकी मन्दिरसम्मको मुख्य सडकको सरसफाइमा विशेष ध्यान दिइएको छ भने सडकका दुवै छेउमा नेपाल र भारतका झन्डा राखिने मेयर साहले जानकारी दिए ।

साथै, प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने मेयर साहले बताए । उनका अनुसार हिँड्न सक्ने यात्रुहरूलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिनेछ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ । मेयर साहले अयोध्या–जनकपुरधाम रेलले त्रेताकालीन सम्बन्धलाई थप मजबुत बनाएको बताए । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार रेल्वे स्टेसनमै जनकपुरधामका साधुसन्त पनि उपस्थित भएर यात्रुहरूको स्वागत गर्नेछन् । उनले जानकी मन्दिरमा पूजाआराधनाका लागि मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको बताए ।

नेपाल न्युज बैंक नेपालको निजी समाचार एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।

#रेल #अयोध्या #जनकपुर
Compare →
Bizshala
3h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#रेल #अयोध्या #जनकपुर
Compare →
Arthasansar
4h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#रेल #अयोध्या #जनकपुर
Compare →
Hamro Patro News
1d ago
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा अयोध्यादेखि जनकपु...

#रेल #अयोध्या #जनकपुर
Compare →
Onlinekhabar
3d ago
अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

७ मंसिर, जनकपुधाम। नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने जनकपुरधाम अयोध्या रेलसेवा प्रारम्भको तयारी छ । राजकीय भारत भ्रमणमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्दैछन्। उद्घाटनसँगै …

#अयोध्या #रेल #जनकपुर
Compare →

Related Stories

Technology
Build #2612