Trending
Prev Story
Next Story

फुलकन्ट्याक्ट करातेका स्वर्ण विजेतालाई ६० हजार पुरस्कार

Ekantipur •
November 23, 2026 • 11:03 AM
4
4 reads 0 reactions

दसौं राष्ट्रिय खेलकुदमा सहभागी फुलकन्ट्याक्ट करातेका सबै खेलाडीले पाँच हजार रुपैयाँ पोषण खर्च र टी–सर्ट पाउनेछन् भने पदक विजेताले थप पुरस्कार पाउनेछन्।

फुलकन्ट्याक्ट करातेका स्वर्ण विजेतालाई ६० हजार पुरस्कार

दसौं राष्ट्रिय खेलकुदमा सहभागी फुलकन्ट्याक्ट करातेका सबै खेलाडीले पाँच हजार रुपैयाँ पोषण खर्च र टी–सर्ट पाउनेछन् भने पदक विजेताले थप पुरस्कार पाउनेछन्।

बझाङ — नेपाल क्योकुशिन कराते संघ (केडब्लुएफ) ले फुलकन्ट्याक्ट करातेका राष्ट्रिय खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ। दसाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पोषण खर्चसहित पदक विजेतालाई पुरस्कार दिने संघले जनाएको छ।

दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुलकन्ट्याक्ट कराते विधामा क्लब तथा प्रदेशबाट छनोट भएका संघका सबै खेलाडीलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ पोषण खर्च र मायाको चिनोस्वरूप टी–सर्ट प्रदान गरिने संघका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिए।

त्यसैगरी, राष्ट्रिय प्रतियोगितामा महिला तथा पुरुषका प्रत्येक तौल समूह र काता विधामा प्रथम हुने खेलाडीलाई जनही ६० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए। उनका अनुसार पुरस्कार वितरण कार्यक्रम मंसिर १४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुनेछ।

खेलाडीको मेहनत, अनुशासन र प्रतिभाको सम्मान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार घोषणा गरिएको संघले जनाएको छ। ‘खेलाडीलाई थप हौसला दिन र उनीहरूको प्रतिभालाई सम्मान गर्न यो पुरस्कार घोषणा गरेका हौं,’ अध्यक्ष रोकायाले भने, ‘पुरस्कारको घोषणाले खेलाडीलाई थप मेहनत गर्न प्रेरणा मिल्छ भन्ने हाम्रो आशा छ।’

दसाैं राष्ट्रिय खेलकुदमा फुलकन्ट्याक्ट करातेमा सात प्रदेश र तीन विभागीय टोलीबाट करिब १ सय ४० खेलाडी सहभागी हुने संघले जनाएको छ। पुरस्कारबापतको रकम जापानमा रहेका सातौं राष्ट्रिय प्रतियोगितामा फुलकन्ट्याक्ट करातेतर्फ रजत पदक विजेता खेलाडी सुमित रोकाया संघले स‌युक्त रुपमा उपलब्ध गराउने उनले बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । सोमबार कञ्चनपुरको महेन्द्र...

#कराते #खेलकुद #स्वर्ण
Compare →
Onlinekhabar
1w ago
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

२८ कात्तिक, काठमाडौं । १२ असोजमा दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमको आधारमा ३२ वटै खेलको उमेर हद कायम गर्‍यो । जसमा विश्व कराते महासंघको नियमअनुसार करातेतर्फ कातामा कम्तीमा १६ वर्ष …

#कराते #खेलकुद
Compare →
Bizshala
1d ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#पुरस्कार
Compare →
Nagarik News
4d ago
दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ।

#पुरस्कार
Compare →

Related Stories

Sports
Build #2612