Trending
Prev Story
Next Story

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

Ekantipur •
November 22, 2026 • 04:33 PM
6
6 reads 0 reactions

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ ।

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ ।

काठमाडौं — प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकललाई पुरस्कृत गरेको छ । नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ ।

आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा वक्ताहरूले राजनीतिक जवाफदेहिता, सामाजिक न्याय तथा रूपान्तरण र समावेशी लोकतन्त्रको पक्षमा शक्ति लम्सालको उल्लेख्य योगदान रहेको चर्चा गर्दै आदर्श र त्यागलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगरेको चर्चा गरे । उनले नेपाली नागरिकको हित र सार्वभौमसत्ताका सन्दर्भमा लम्साल सदैव अविचलित रहेको बताए ।

कार्यक्रममा नेकपा नेता तथा पूर्वमन्त्री देव गुरुङले अत्यन्त विषम परिस्थितिमा समेत नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा शक्ति लम्सालको अविचलित अडान रहेको बताए । यस्तै पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानहरूको कहिल्यै मृत्यु नहुने बताए ।

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ । वामपन्थी पत्रकार तथा विश्लेषक शक्ति लम्सालले लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेलनेलसमेत भोग्नुपरेको थियो । उनको २०७२ साल कात्तिकमा निधन भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
खलामा धान भर्दै स्थानीय सरकार, धेरै फलाउनेलाई प्रोत्साहन पुरस्कार

खलामा धान भर्दै स्थानीय सरकार, धेरै फलाउनेलाई प्रोत्साहन पुरस्कार

पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहेका छन् । पालिकाभित्र धेरै अन्नबाली फलाउन...

#पुरस्कार
Compare →
Bizshala
16h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#पुरस्कार
Compare →
Onlinekhabar
2d ago
धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र …

#साहित्य
Compare →
Nagarik News
2d ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#लम्साल
Compare →

Related Stories

Politics & Governance
Build #2612