Trending
Prev Story
Next Story

चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

Ekantipur •
November 20, 2026 • 05:33 AM
4
4 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको भन्दै सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए ।

चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको भन्दै सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए ।

काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न अभियान सुरु भइसकेको बताएका छन् ।

जनकपुरधाममा आयोजित कार्यक्रममा उनले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताए । यसका लागि बजेटमा कुनै कन्जुस्याइँ नगरिएको उनको भनाइ थियो । 'जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ,' उनले भने, 'चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको छ ।'

आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उनले दाबी गरे । विवाहपञ्चमी महोत्सवलाई प्रवर्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रश्ताव तयार पार्न आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#लम्साल #विकास
Compare →
Onlinekhabar
20h ago
बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

३ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले …

#जनकपुरधाम #लम्साल
Compare →
Hamro Patro News
2d ago
'नेपाली सफ्टवेयरको प्रवर्द्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक'

'नेपाली सफ्टवेयरको प्रवर्द्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक'

काठमाडौं । नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आ...

#विकास #परिवर्तन
Compare →
Bizshala
5d ago
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ...

#जनकपुरधाम
Compare →

Related Stories

Politics & Governance
Build #2612