Trending
Prev Story
Next Story

एआईको खतरा औंल्याउने एन्थ्रोपिक कसरी बन्यो १.७५ ट्रिलियन डलरको कम्पनी ?

Nagarik News •
November 20, 2026 • 08:34 AM
1
1 reads 0 reactions

एआई विकासमा सुरक्षालाई पहिलो प्राथमिकता दिने उद्देश्यले स्थापना भएको एन्थ्रोपिक अहिले विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक बनेको छ।

एआईको खतरा औंल्याउने एन्थ्रोपिक कसरी बन्यो १.७५ ट्रिलियन डलरको कम्पनी ?

एआई विकासमा सुरक्षालाई पहिलो प्राथमिकता दिने उद्देश्यले स्थापना भएको एन्थ्रोपिक अहिले विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक बनेको छ।

पाँच वर्षअघि ओपनएआईबाट अलग भएका सात जना पूर्व कर्मचारीले स्थापना गरेको यो कम्पनीले क्लाउड नामको एआई च्याटबोट विकास गरेको थियो। बिहीबार (स्थानीय समयअनुसार) सेयर बजारमा कारोबार सुरु गर्दा कम्पनीको बजार मूल्य १.७५ ट्रिलियन डलर पुगेको थियो। यससँगै एन्थ्रोपिकले ठुलो सार्वजनिक सेयर निष्कासन गर्ने कम्पनीको रेकर्डसमेत बनाएको छ।

एन्थ्रोपिकको विशेषता भनेको एआईको विकाससँगै यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे पनि खुलेर चेतावनी दिनु हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले एआईको तीव्र विकास र सुरक्षाबिच सन्तुलन कायम गर्नु कम्पनीको मुख्य चुनौती भएको बताउँदै आएका छन्।

उनका अनुसार एआईको विकास अहिले निकै तीव्र गतिमा भइरहेको छ। एआई प्रणाली आफैंले आफ्नो अर्को र अझ विकसित संस्करण बनाउन सहयोग गर्न थालेकाले यसको गति थप बढिरहेको छ।

डारियोले एआई विकासलाई गाडीको गतिसँग तुलना गर्दै अहिले नै २०० माइल प्रतिघण्टाको गतिमा अघि बढ्न सकिने भए पनि सुरक्षाका लागि केही सुस्त गतिमा काम गर्नुपर्ने बताए। 'हामी २०० माइल प्रतिघण्टाको गतिमा जान सक्छौं। तर त्यसलाई सुरक्षित बनाउने तरिका पत्ता लगाउन केही समय ९० माइल प्रतिघण्टाको गतिमा अघि बढौं भन्ने हाम्रो सोच हो,' उनले भने।

तर कम्पनीको सुरक्षा नीतिमाथि आफ्नै अनुसन्धानकर्ताले प्रश्न उठाएका छन्। गत सेप्टेम्बरमा अनुसन्धानकर्ता ज्याकब कोक्सनले एन्थ्रोपिक र ओपनएआई दुवैको सुरक्षा अभ्यासको आलोचना गर्दै राजीनामा दिएका थिए। उनले दुवै कम्पनीले 'हाम्रो जीवनसँग जुवा खेलिरहेका छन्' भन्दै एआईको तीव्र विकासले दशकको अन्त्यसम्म मानव जीवनलाई नै खतरा पुर्‍याउन सक्ने चेतावनी दिएका थिए।

कोक्सनको आलोचनापछि डारियोले एआई विकासको गति केही सुस्त बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। उनले विभिन्न कम्पनी र देशबिच सहकार्य बढाउन तथा एआई प्रणालीको सुरक्षा परीक्षणमा स्वतन्त्र मूल्यांकनकर्तालाई सहभागी गराउनुपर्ने बताएका थिए। तर एक स्वतन्त्र अध्ययनले एन्थ्रोपिकले आफ्नो एआई प्रणाली एक वर्षअघिको तुलनामा दोब्बर गतिमा विकास गरिरहेको देखाएको छ। एआईकै सहयोगका कारण कम्पनीको विकास गति बढेको अध्ययनमा उल्लेख छ।

बिहीबार सेयर बजारमा आयोजित कार्यक्रममा डारियोले कम्पनीको सबैभन्दा कठिन सुरक्षा चुनौती अझै बाँकी रहेको बताए। उनले एआई प्रणाली सुरक्षित छन् र मानव नियन्त्रणमै रहनेछन् भन्ने विश्वास नभएसम्म तिनको प्रशिक्षण तथा प्रयोगलाई तीव्र बनाउने पक्षमा आफूहरू नरहेको बताए।

यता, आईपीओपछि कम्पनीका संस्थापकको सम्पत्तिमा भने ठुलो वृद्धि भएको छ। फोर्ब्सका अनुसार आईपीओअघि डारियो र उनकी बहिनी तथा कम्पनीकी अध्यक्ष ड्यानिएला अमोदेईको संयुक्त सम्पत्ति १४ अर्ब डलरभन्दा केही बढी थियो। सेयर कारोबार सुरु भएको दिन बिहीबार दिउँसोसम्म डारियोको सम्पत्ति २२.७ अर्ब डलर र ड्यानिएलाको २२.८ अर्ब डलर पुग्यो।

दुवै अमोदेईसहित अन्य सहसंस्थापकले आफ्नो सेयरको ८० प्रतिशत परोपकारी काममा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि यो कानुनी रूपमा बाध्यकारी नभई स्वैच्छिक प्रतिबद्धता हो। कम्पनीले पनि आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत सार्वजनिक हितका लागि छुट्याएको छ। ड्यानिएलाका अनुसार कम्पनी स्थापना गर्दा आर्थिक सफलता र सामाजिक हितलाई सँगसँगै अघि बढाउने अवधारणाले आफूहरूलाई आकर्षित गरेको थियो।

एन्थ्रोपिकले एआईबाट प्राप्त हुने फाइदा सबैले पाउनुपर्ने बताउँदै आएको छ। तर कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा बुझाएको विवरणमा एआई प्रणालीले 'मानवजातिका लागि विनाशकारी वा अस्तित्वकै लागि खतरा' सिर्जना गर्न सक्ने जोखिमबारे ९३ पृष्ठमा उल्लेख गरेको छ।

यही विषयले एन्थ्रोपिकको यात्रामा विरोधाभास देखाएको छ। एकातिर कम्पनीले एआईको खतराबारे चेतावनी दिँदै यसको विकासमा सावधानी अपनाउनुपर्ने बताइरहेको छ भने अर्कोतिर त्यही प्रविधिको तीव्र विकासबाट अर्बौं डलरको कम्पनी बनेको छ।

अब कम्पनीका लागि आर्थिक सफलता कायम राख्दै एआईलाई सुरक्षित र मानव नियन्त्रणमा राख्ने चुनौती थपिएको छ। एजेन्सी

प्रकाशित: ४ मंसिर २०८३ १४:१९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2h ago
सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान्...

#एन्थ्रोपिक #ट्रिलियन #डलर
Compare →
Ekantipur
3h ago
१.५ ट्रिलियन डलर मूल्याङ्कनसहित सेयर बजारमा प्रवेश गर्दै एन्थ्रोपिक

१.५ ट्रिलियन डलर मूल्याङ्कनसहित सेयर बजारमा प्रवेश गर्दै एन्थ्रोपिक

क्लड च्याटबट निर्माता एन्थ्रोपिकले नोभेम्बर १९ मा नास्डाकमा प्रतिकित्ता ८३ डलर मूल्यसहित आईपीओ ल्याउँदै छ ।

#एन्थ्रोपिक #ट्रिलियन #डलर
Compare →
Onlinekhabar
1d ago
एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा …

#एन्थ्रोपिक #डलर
Compare →
Hamro Patro News
1h ago
आइपिओपछि एन्थ्रोपिकका २८ सय कर्मचारी बने अरबपति

आइपिओपछि एन्थ्रोपिकका २८ सय कर्मचारी बने अरबपति

काठमाडौँ । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) पछि कम्पनीका हजारौँ कर्मचारी करोडपति बनेका छन् ।

#एन्थ्रोपिक
Compare →

Related Stories

Technology
Build #2612